News Category 2071/11/25
महिलाकै नेतृत्वमा राज्य पुर्नसंरचना र अधिकार सहितको संविधान निर्माण हुनुपर्नेमा जोड
दैनिक संवाददाता
राजविराज, २४ फागुन ।
महिलाकै नेतृत्वमा राज्य पुर्नसंरचना र अधिकार सहितको संविधान निर्माण हुनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
राज्यको अग्रगामी पुर्नःसंरचना सहितको महिलामैत्री संविधान निमार्ण गरौं भन्ने मुल नाराका साथ १०५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा ३० दलिय गठबन्धन महिला मोर्चा सप्तरीद्वारा आईतबार राजविराजमा आयोजित एक कार्यक्रममा सहभागिहरुले सो कुरामा जोड दिएका हुन् ।
कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी एवं मिथिला राज्य समितिका संयोजक तथा केन्द्रिय सचिवालय सदस्य रुबी कर्णले महिलाहरु अब आप्mनो अधिकारको लागि पछाडी नपर्ने बताउँदै आन्दोलनबाट भएपनि महिलाको अधिकार सुनिश्चितता गर्ने प्रतिवद्धता जनाउनु भयो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले राज्य व्यवस्थाका लागि महिलाहरुको सहभागिता सराहनिय रहेको बताउँदै महिलामाथि हुने सबै खाले हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि महिला मंचकी केन्द्रिय कोषाध्यक्ष पुनम यादवले अब मधेशी महिलाहरु आफनो अधिकारका लागि अगाडी नबढेसम्म महिलाको अधिकार सुनिश्चितता नहुने जिकिर गर्नुभयो । उहाँले अब महिलाहरु गाउँ टोलबाट उठेर आप्mनो अधिकारका लागि सडक आन्दोलनमा आउँनुपर्ने जरुरी रहेको बताउँदै त्यसका लागि सम्पुर्ण महिलाहरु एक ठाउँबाट अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।
३० दलिय गठबन्धन महिला मोर्चा सप्तरीकी संयोजक बिन्दु यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा मधेशी जनअधिकार फोरम नेपालकी महिला इन्चार्ज सुनिता साह, अधिबक्ता दाने चौधरी, रीना चौधरी, महिला सचेतना समाजकी मंजु साह, अखिल नेपाल क्रान्तिकारीकी लक्ष्मी चौधरी, इन्द्रकला यादव, सुशिला दास, अखिल नेपाल टे«ड युनियनका अध्यक्ष केदार देव, राजविराज नगरपालिकाका कार्यकारी अधिकृत विष्णु प्रसाद गुरुङ्ग, मधेशी पत्रकार संघका अध्यक्ष श्यामसुन्दर यादव, महिला पत्रकारद्वय माला कर्ण, अम्विका दाहाल, मानवअधिकारर्मी उमा पोखरेल लगायतका बक्ताहरुले महिला अधिकार सुनिश्चितताका लागि सम्पुर्ण महिलाहरु एक ठाउँबाट आवाज उठाउँनुपर्नेमा जोड दिनुभयो ।
कविता ठाकुरद्वारा संचालित सो कार्यक्रममा स्वागत मन्तव्य शर्मिला गौतमले ब्यक्त गर्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ