News Category 2071/11/25
राजविराजमा ६ दिने पतंजली योग शिविर सुरु
दैनिक संवाददाता
राजविराज, २४ फागुन ।
पतंजली योग समिति सप्तरीको आयोजनामा राजविराजस्थित रंगशालामा आइतबारदेखी ६ दिने योग शिविर संचालन भएको छ ।
पतंजली योग समितिका नगर संयोजक बद्रीराज भण्डारीको अध्यक्षता तथा राष्ट्र सहप्रभारी लवदेव मिश्रको प्रमुख आतिथ्यमा सो शिविरको आइतबार एक कार्यक्रमबीच उद्घाटन गरिएको हो ।
आयोजित सो योग शिबिरमा सहायक प्रमुख जिल्ला अधिकारी बेद बहादुर कार्की, स्थानीय विकास अधिकारी कोमल प्रसाद धमला, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरिक्षक शिशिर कुमार कर्माचार्य, सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयका सशस्त्र प्रहरी उपरिक्षक ह्दय नारायण मण्डल, नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, रेडक्रसका सभापति जोगेन्द्र भगत लगायतकाहरुले आ–आफनो शुभकामना मन्तव्य ब्यक्त गर्नुभयो ।
यसअघि योग शिबिरको प्रमुख अतिथि तथा अतिथिहरुले सामुहिक रुपमा बत्ति बालेर उद्घाटन गर्नुभएको थियो । सोही कार्यक्रममा नाबालिकाद्वय सपना यादव र पिन्टु यादवले योग सम्बन्धि गित गाउनुका साथै शिब्स चक्रका साथै विभिन्न योगका आसन्नहरु प्रस्तुत गरेका थिए ।
यसअघि फागुन १४ गतेदेखि आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्णजी महाराजद्वारा महाकाली नदीको किनारबाट सुरु गर्नुभएको मेचीमहाकाली योग जागरण यात्रा शनिबार रंगशालामा शिविरमा परिणत भएको थियो ।
फागुन २४ गते देखि २९ गते सम्म संचालन हुने सो योग शिबिर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म संचालन हुनेछ । सो शिबिरमा योग यात्रा केन्द्रिय कार्यालय काठमाण्डौबाट एक सय पाँच जना योग यात्रीहरु सप्तरीको राजविराजसहित जिल्लाको विभिन्न ग्रामिण भेगहरुमा एउटै समयमा संचालन भएको छ ।
साथै राजविराजको विभिन्न २७ स्थान र बाँकी जिल्लाको ग्रामिण भेगको ८५ स्थानमा योग शिबिर संचालन हुने मिडिया संयोजक रहेका पतंजलि योग साप्ताहिकका किसुनदेव यादवले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ