News Category 2071/11/26
स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठीमा हेल्थ डेस्क स्थापना
दैनिक संवाददाता
राजविराज, २५ फागुन ।
सप्तरीमा स्वाइनफ्लु फैलिन नदिन जिल्लाको तिलाठी गाविसस्थित बेल्ही भन्सारमा सोमबार एक कार्यक्रमबीच हेल्थ डेस्क स्थापना गरिएको छ ।
छिमेकी मुलुक भारतमा महामारी झै स्वाइनप्mलु फैलिन थालेपछि सप्तरीमा पनि उच्च सर्तकता अपनाईएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
भारतको बिहार राज्य अन्तरगत सात वटा नाकाहरु सप्तरीसँग जोडिएका मध्ये बेल्ही भन्सारमा हेल्थ डेस्क स्थापना गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख बिजय झाले जानकारी दिनुभयो ।
भारतीय सीमा नाका हुँदै नेपाल भित्रिने व्यक्तिका माध्यमबाट स्वाइनप्mलु भित्रिन सक्ने भन्दै निगरानीका लागि सीमा नाकासँग जोडिएको सप्तरीको बनैनिया, छिन्नमस्ताको गोविन्दपुर, बेल्ही, रामनगर कोदरकटी, भारदह र पातो नाकामा पनि हेल्थ डेस्क चाडै नै स्थापना गरिने प्रमुख झाले जानकारी दिनुभयो ।
सो कार्यक्रममा बेल्ही भन्सारका नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, स्थानिय स्वास्थयकर्मी, सर्वसाधारण लगायतको उपस्थिति रहेको थियो ।
यस्तै स्वाइनप्mलुका लक्षण, फैलिने तरिका, त्यसबाट हुने क्षति र जोगिने विधिबारे समेत जनचेतनामूलक लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकोे जनस्वास्थ्य प्रमुख झाले बताउनुभयो ।
प्रमुख झाका अनुसार सप्तरी जिल्लामा स्वाइनप्mलु भित्रिन नदिनका लागि जिल्लाको सदरमुकाम राजविराजका साथै सीमावर्ती नाकाहरुमा स्वास्थ्यकर्मीलाई पुर्व तयारी अवस्थामा राखिएको छ । उहाँले स्वास्थ्यकर्मीको टोलीले स्वाइनप्mलुको शंका लाग्ने व्यक्तिलाई तत्कालै विशेष निगरानीमा राखी उपचार गर्ने व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।
यस्तै सीमा क्षेत्रमा खटिएका सशस्त्र तथा नेपाल प्रहरीहरुसँग सहकार्य गरि सप्तरीमा स्वाइनप्mलु भित्रिन नदिनका विभिन्न जनचेतना फैलाउँनुका साथै सर्वसाधारणहरुलाई सो बारेमा जानकारी समेत प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
साधारण रुघाखोकी, नाकबाट पानी आउनु, हाच्छिउँ आइरहनु, ज्वरो आउनु, टाउको एवम् घाँटी दुख्नु, छाती दुख्नु, वाकवाकी लाग्नुजस्ता लक्षण सो रोगमा देखिने जानकारहरुको भनाई छ ।
इन्फलुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइनफलु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।
यता स्वाइनफलु संक्रमणले भारतमा सयौं जनाको मृत्यु भईसकेको छ । रुघाखोकी, घाँटी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् । यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबितिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ