News Category 2071/11/27
सप्तरीमा एसएलसीका लागि ३३ परीक्षा केन्द्र निर्धारण १४ हजार २ सय ६१ परीक्षार्थीहरु सहभागि हुने
दैनिक संवाददाता
राजबिराज, २६ फागुन ।
आगामी चैत ५ गते सुरु हुने प्रवेशिका अर्थात् एसएलसी परीक्षामा सप्तरीबाट १४ हजार २ सय ६१ जना परीक्षार्थीहरु सहभागि हुने भएका छन् ।
जसमध्ये नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि हुने जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्र चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा कुल ३३ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ भने कुल १ सय १२ वटा निजी तथा सामुदायिक विद्यालयहरुको सो परिक्षामा सहभागि हुने प्रमुख चौधरीले जानकारी दिनुभयो ।
मुलुकभरीमा यस वर्षको प्रवेशिका एसएलसी परीक्षामा नियमिततर्फ चार लाख २७ हजार ८२ र एक्जामटेडतर्फ एक लाख ४५ हजार १२५ विद्यार्थी गरि कुल ५ लाख ७२ हजार २ सय ७ विद्यार्थी सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार परीक्षामा मनाङमा सबैभन्दा थोरै ७४ जना र सबैभन्दा धेरै काठमाडौँमा ३४ हजार ४२१ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुने छन् ।
त्यसैगरी पूर्वाञ्चलबाट एसएलसी दिने विद्यार्थीको सङ्ख्या एक लाख ३५ हजार ३०५ छ भने मध्यमाञ्चलबाट एक लाख ७८ हजार ६६० विद्यार्थीले एसएलसी परीक्षा दिने भएका छन् ।
पश्चिमाञ्चलमा एक लाख एक हजार ७६१, मध्यपश्चिमाञ्चलमा ८६ हजार ७४८ र सुदूरपश्चिमाञ्चलमा ६९ हजार ६८८ विद्यार्थी एसएलसीमा सहभागी हुने कार्यालयले जानकारी दिएको छ ।
परीक्षाका लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा प्रश्नपत्र छपाइ कार्य अन्तिम चरण रहेको छ । त्यसैगरी परीक्षाका लागि आवश्यक सामग्री जिल्ला–जिल्ला पठाउन थालिएको सो कार्यालयले जानकारी दिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ