News Category 2071/11/29
प्रहरीद्वारा हतियारसहित दुई भारतीय पक्राउ
दैनिक संवाददाता
राजविराज, २८ फागुन ।
सप्तरी प्रहरीले हतियारसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीले बिहीबार पत्रकार सम्मेलन गरि पक्राउ परेका दुबैजनालाई सार्वजनिक गरेको हो ।
सप्तरीको नर्घो गाविस वडा नं. ७ स्थित एक वैवाहिक कार्यक्रममा आएका भारतको बिहार राज्यस्थित मधुवनी जिल्ला लदनिया ग्रामपञ्चायत आन्द्रामन्ट थाना वडा नं. ४ निवासी २४ बर्षिय कैलु प्रसाद साह र सुपौल जिल्ला आसानपुर कुपाहा ग्रामपञ्चायत किसनपुर थाना वडा नं. १ निवासी २१ वर्षीय प्रमोदकुमार साहलाई हतियारसहित प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेकाहरु मध्ये कैलु प्रसाद साहको साथबाट ४ राउण्ड गोली, ३ राउण्ड गोलीको खोका, १ थान कटुवा पेस्तोल तथा प्रमोद कुमार साहको साथबाट १ थान कटुवा पेस्तोल र सो मा प्रयोग हुने १५ राउण्ड गोली बिन्दुलीसहित फेला परेको एसपी कर्माचार्यले बताउनुभयो ।
बिआर ०७ एल ८७४५ नम्बरको मोटरसाईकलमा चढी भारतबाट नेपाल प्रवेश गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चेकजाँच गर्दा हतियार बरामद भएको सप्तरीका एसपी शिशिर कुमार कर्माचार्यले जानकारी दिनुभयो ।
पक्राउ परेका दुवै जनालाई हाल आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको तथा उनीहरुमाथि हातहतियार खरखजना मुद्दामा चलाईने एसपी कर्माचार्यले बताउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/08 सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने निर्णयप्रति महासंघद्वारा देशव्यापी दबाबमूलक अभियान संचालन
- 2083/01/08 ठूलो परिमाणमा भन्सार छलीका कपडा बरामद
- 2083/01/06 दुई पालिकामा १ सय ६ बालबालिकामा कडा कुपोषण
- 2083/01/06 डेढ करोड भन्दा बढी राजश्व संकलन, २ हजार ९ सय ६० किलो गाजा बरामद
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ