News Category 2071/11/30
सभासद् मण्डलद्वारा “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमहरु” सार्वजनिक
दैनिक संवाददाता
राजविराज, २९ फागुन ।
सप्तरी क्षेत्र नं. २ का सभासद् अशोक कुमार मण्डलले “निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमहरु” अन्तरगत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि विभिन्न विकासीय कार्यक्रमहरु शुक्रबार सार्वजनिक गर्नुभएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरि सभासद् मण्डलले सो कार्यक्रम अन्तरगत १४ वटा विकासीय कार्यक्रमहरु सार्वजनिक गर्नुभएको हो ।
उहाँले सार्वजनिक गर्नु भएको विकासीय कार्यक्रम अनुसार कोइलाडीको पोखरी डिलदेखी टोल हुँदै कुनौली फत्तेपुर सडकका लागि रु. ११ लाख, महदेवा गाविस चक्ला नहरमा स्ल्याब कल्भर्ट निर्माणका लागि रु. १० लाख, वभनगामाकट्टी तोपा दलित टोलमा स्ल्याब कल्भर्ट निर्माणका लागि रु. १० लाख, बथनाहा वडा नं. ५, ६ हुँदै २ नं. योगिनियाँ हुँदै हनुमाननगरसम्म बाटो निर्माणका लागि रु. १८ लाख रकम छुट्टयाइएको जानकारी दिनुभयो ।
यस्तै भगवतपुर शिवशंकर घरदेखी महदेवा हुँदै रम्पुरा मल्हनियाँसम्म बाटो निर्माणका लागि रु. ११ लाख, को. बर्साइनको भगवानपुरदेखी पण्डित टोल हुँदै कुशहासम्मका लागि रु. १० लाख, मधवापुर ९ मा दलित टोलमा समुदायिक भवन निर्माणका लागि रु. ७ लाख, गोईठी ८ पिप्राहिदेखी वडा नं. ९, १, ५, ४ सम्म सडक निर्माणका लागि रु. ७ लाख रकम छुट्टयाइएको जानकारी दिनुभयो ।
यसैगरि भारदहको कंकालनी मन्दिरदेखी केरा बगानसम्म बाटो निर्माणका लागि रु. ८ लाख रकम, मधवापुर ६ अर्जी बिराजी टोलदेखी पश्चिम आउने विपी निमावि सम्म बाटो निर्माणका लागि रु. ८ लाख, मधवापुर चन्दर मंडलको घरदेखी सडकसम्मका लागि रु. १ लाख, खानेपानी तथा सरसफाई दलित टोलमा वा विद्यालयका लागि रु. ३ लाख, २ नं. योगिनियाँको रानिमावि मर्मत सुधारका लागि रु. २ लाख तथा अण्डिपट्टी महादेव मन्दिर निर्माणका लागि रु. १ लाख २५ हजार रकम छुट्टयाइएको छ ।
यसैगरि सो पत्रकार सम्मेलनमा सभासद् मण्डलले कंचनपुरदेखी खाडोसम्म आरआईडिपी द्वारा पिचसहित ३ वटा पुलको योजना स्विकृत गरिएको बताउँदै महुली हुँदै हनुमाननगर एसएनआरटिपीद्वारा रोड निर्माण गरिने जानकारी दिनुभयो । त्यस्तै जण्डौल हुँदै कुशहा मंसापुरसम्म पिच बभनगामादेखी माटो ग्राभेलको टेण्डर तथा खाडोको कजौली नहरदेखी सकरपुरा भगवतपुर, दुर्गापुर, बेल्हा हुँदै भारदहसम्म र इनर्वाको नहरदेखी नहरै नहर डिमनको क्वाटरसम्म रेड बुकमा योजनाहरु पारिएको जानकारी दिनुभयो ।
पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडाको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा महासंघका सल्लाहकार जितेन्द्र खड्गा तथा अन्य संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ