News Category 2071/12/05
परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था
दैनिक संवाददाता
राजविराज, ४ चैत ।
एसएलसी परीक्षामा सहभागी हुने बालिकाहरुको सुविधाका लागि जिल्ला बाल कल्याण समिति सप्तरीले सेनेटरी प्याडको व्यवस्था गरेको छ ।
आजबाट सञ्चालन हुने सप्तरीका सबै ३३ वटा एसएलसी परीक्षा केन्द्रमा सेनेटरी प्याड हस्तान्तरण गरिएको छ ।
प्रत्येक परीक्षा केन्द्रमा एक एक प्याकेट सेनेटरी प्याड वितरण गरिएको जिल्ला बाल कल्याण समितिका बाल अधिकृत पुनम चौधरीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सेनेटरी प्याड आवश्यकता पर्ने छात्रालाई उपलब्ध गराउने व्यवस्था मिलाइएको छ । परीक्षा सञ्चालनको क्रममा महिनावारी हुने छात्राहरुले समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले सेनेटरी प्याडको व्यवस्था गरिएको हो । यस प्रकारको नमुना कार्यले परीक्षामा सहभागी विद्यार्थीहरुलाई मनोवैज्ञानिक रुपमा समेत सहयोग पुग्ने जिल्ला बाल कल्याण समितिका सदस्य बैजनाथ झाको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ