News Category 2071/12/06
मोर्चाद्वारा दोश्रो चरणको आन्दोलन बारे बृहत छलफल
दैनिक संवाददाता
राजविराज, ५ चैत ।
३० दलिय मोर्चाको बिहिबार सम्पन्न बैठकले अगामी आन्दोलनको तयारी सम्बन्धमा बृहत छलफल गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टीको कार्यालयमा पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र कुमार मण्डलको अध्यक्षतामा सम्पन्न सो बैठकमा पार्टीका केन्द्रिय उपाध्यक्ष शेखर कुमार सिंह, पार्टीका केन्द्रिय नेता भरत साह, मधेशी जनअधिकार फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सभासद उमेश कुमार यादव, संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य चित नारायण यादव, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष सत्य नारायण यादव, सद्भावना पार्टीका जिल्ला अध्यक्ष सुनिलकुमार झा, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिनेश यादव सहितले दोश्रो चरणको आन्दोलनका पूर्व तयारीको बारेमा चर्चा गर्नुभएको थियो ।
सो बैठकमा मधेशी जनअधिकार फोरम नेपालका शलहेश सदस्य युसुफ अलि, नेपाल सद्भावना पार्टीका मनोज झा, थरुहट तराई पार्टीका पुरण चौधरी, फोरम नेपालका सचिव उमेश यादव, फोरम गणतान्त्रित्रका जिल्ला सचिव अरबिन्द्र यादव सहित अन्य केन्द्रीय पदाआधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला पदाआधिकारीहरुको उपस्थिति रहेको थियो ।
सम्पन्न बैठकले दोश्रो चरणको आन्दोलनलाई सशक्त तरिकाबाट अगाडी बढ्ने निर्णय गर्नुका साथै अगामी चेत्र ८ देखी देखि २६ गते सम्मको आन्दोलनको पुर्व तयारी सम्बन्धमा बृहत छलफल गरिएको थियो । साथै सहमति संविधान निमार्णको लागि अगामी चैत्र ८ गतेको आन्दोलनमा बढ्दो महिला हिंसा, महँगी, भ्रष्टाचार लगायतको सम्बन्धमा आन्दोलन गर्ने जनाएको छ । सोही अनुरुप चैत्र ८ गते महिलाहरुकै नेतृत्वमा राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट बृहत जुलुस प्रदर्शन गर्ने मोर्चाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ