News Category 2071/12/20
‘ब्ल्याकमेल’ गरी १६ बर्षीया बालिकाको सामूहिक बलात्कार
दैनिक संवाददाता
राजविराज, १९ चैत ।
मुलुकभरी बलात्कारको घटनामा बढ्दै गएको बेला सप्तरीमा एकजना बालिकाको ‘ब्ल्याकमेल’ गरि सामुहिक बलात्कारको घटना सार्वजनिक भएको छ ।
सात जना युवक मिलेर ती बालिकाको बलात्कार गरेका छन् । ती बालिका अहिले पनि सिकिस्त अवस्थामा उपचार गराइरहेकी छिन् । बालिका यस पटकको एसएलसी परीक्षा दिएकी छात्रा हुन् ।
पीडित पक्षले बिहीबार राजविराजस्थित नेपाल पत्रकार महासंघ सप्तरीमा पत्रकार सम्मेलन गरी घट्ना सार्वजनिक गरेको छ । ‘तिमीले लभ गरेको युवकले तिम्रो सेक्स भिडियो बनाएको छ’ भन्दै एक युवकले ती बालिकलाई बोलाएर आफूसहित सात जना मिलेर बलात्कार गरेको पीडित परिवारले बताएका छन् ।
एसएलसी परीक्षा सकिएको दिन चैत १३ गते १६ बर्षीया ती बालिकालाई राजविराज ३ का शम्भु साहले ‘सेक्स भिडियो देखाउन’ भन्दै बोलाएर राजविराज ५ स्थित एउटा कोठामा लगी सामूहिक बलात्कार गरेका हुन् । पीडितका दाईले दिएको जानकारी अनुसार ‘बहिनी घर नआएपछि खोजी गर्दै जाँदा घट्नाबारे थाहा पाएँ’ उहाँले भन्नुभयो, “बहिनीसँग सोधपुछ गरेपछि उनले घट्नाको बारेमा बताइन् ।”
पीडितका दाईका अनुसार लोहजारा गाविसका सुनिल साहले बहिनीलाई प्रलोभनमा पारी यौन सम्पर्क गरेको आफूले थाहा पाएपछि साथीहरुसँग मिलेर त्यो घट्नाबाट बाहिर निकालिएको थियो । सुनिलका साथी रहेका शम्भुले ‘सुनिलले तिम्रो भिडियो बनाएको छ’ भन्दै देखाउनका लागि ‘ब्लयाक्मेल’ गरेर सामूहिक बलात्कार गरेको उहाँले बताउनुभयो ।
उहाँले बिभिन्न पक्षको धम्कीका कारण अहिले पनि ती बालिकालाई न्याय दिलाउने अभियानमा लागेका व्यक्तिहरु त्रसित रहेको बताउनुभयो । ‘त्रासका कारण ती बालिकालाई कसैले थाहा नपाएको ठाउँमा राखेर उपचार गराइरहेको छु’ उहाँले भन्नुभयो, “जाहेरी दर्ता नगराउन सामूहिक दवाव छ ।”
पत्रकार सम्मेलनमा उपस्थित पीडितका छिमेकी रोशन यादवले बलात्कार गर्ने व्यक्तिका साथै केहि व्यक्तिहरुले आफूहरुलाई मार्ने षड्यन्त्र गरिरहेको बताउनुभयो । उहाँले बलात्कारीलाई कार्वाही गराउन चुनौति देखिएको बताउँदै न्याय दिलाइदिन सबैसँग आग्रह गर्नुभयो ।
अश्लिल भिडियो देखाउन भन्दै बोलाएका शम्भुसहित राजविराजका कमल साह, नवीन दत्त, नर्घाेका दिपेश यादव, सुनसरीका दिपक यादव, राजविराजका जितेन्द्र खंग, मलेठका फुदिन मियाँले बलात्कार गरेको बालिकाको बयानको आधारमा उनीहरुले पत्रकार सम्मेलनमा बताए ।
यता जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डिएसपी नारायण प्रसाद चिमरीयाले ‘घट्ना भएको छ’ भन्नुभयो, “बालिकाको मेडिकल जाँच सगरमाथा अंचल अस्पतालमा गराइसकेका छौं ।” यद्यपी पीडित पक्षले जाहेरी नदिएको उहाँले बताउनुभयो । ‘जाहेरीका लागि दैनिक रुपमा ताकेदा गरिरहेका छौं’ उहाँले भन्नुभयो, “तर पीडित पक्षले हालसम्म जाहरी दिएका छैनन् ।” बालिका अहिले पनि उपचारकै क्रममा रहेको बताउँदै डिएसपी चिमरीयाले जाहेरी आएपछि अन्य प्रकृया अगाडि बढाउने बताउनुभयो ।
यद्यपी पीडित पक्षले चैत १८ गते बुधबार जाहेरी लिएर जादा डिएसपीले नै दर्ता गर्न नमानेको पत्रकार सम्मेलनमा बतायो । पीडित पक्षका रोशन यादवले डिएसपीले घट्नामा सात जनाको संलग्नता नरहेको भन्दै उनीहरुको नाम हटाए मात्र जाहेरी लिने बताएको जानकारी गराउनुभयो । पीडित पक्षले यी व्यक्तिहरुको नाम हटाउन केहि व्यक्तिहरुको दवाव रहेको जनाएपनि डिएसपी चिमरीयाले त्यस्तो दवाव कुनै ठाउँबाट नआएको बताउनुभयो ।
संचारकर्मीको जिज्ञासामा डिएसपी चिमरीयाले भन्नुभयो, “घट्नामा सबैको संलग्नता नभएका कारण वास्तविक दोषीहरुको नाम मात्र उल्लेख गरेर ल्याउन भनेको हुँ । उहाँहरुले नै ल्याउनुभएको छैन् ।” उहाँले प्रहरीको अनुसन्धान तथा बालिकाको बयानले पनि चार जनाको मात्रै संलग्नता देखिएकाले उनीहरुको नाम मात्र उल्लेख गरेर जाहेरी दिनुपर्ने बताउनुभयो । ‘निर्दाेष फस्नुहुन्न र दोषी छुट्नुहुन्न’ भन्ने मान्यता प्रहरीको रहेको उहाँको भनाई छ ।
पीडित पक्षले भने घट्नामा संलग्न रहेका दीपेश यादव, दीपक यादव, कमल साह र जितेन्द्र खंगको नाम हटाए मात्र प्रहरीले जाहेरी दर्ता गर्न मानेको बताउँदै दोषी सबैलाई कार्वाही हुनुपर्ने माग गरेका छन् ।
पीडित पक्षले घटनामा संलग्न जितेन्द्र खंग र दिपक यादवलाई प्रहरीले पक्राउ गरेको जनाए पनि डिएसपी चिमरीयाले यस बारेमा अनभिज्ञता प्रकट गर्नुभयो । उहाँले यो घटनासँग सम्बन्धित कुनै पनि व्यक्तिलाई हालसम्म पक्राउ नगरिएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ