News Category 2082/05/29
राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट

दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
जेनजीको आन्दोलनका क्रममा भएको प्रदर्शन र आगजनीले राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।
यही भदौं २४ गते आन्दोलनको दोश्रो दिन प्रदर्शनकारीहरु उग्र बनेपछि राजविराज स्थित विभिन्न कार्यालयहरुमा आगजनी र तोडफोड गरेका थिए । जस मध्ये सबै भन्दा ठुलो राजविराज नगरपालिकामा भएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले शनिबारदेखी कफ्र्यु आदेश फिर्ता लिएपछि आइतबार नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुको बैठकले क्षतिको विवरण संकलन गर्ने काम सुरु गरेको छ । क्षतिको विवरण संकलन गर्ने कार्य विभिन्न प्राविधिकहरुबाट भइरहे पनि अन्दाजी ३० करोड भन्दा बढी क्षति भएको नगरपालिको प्रारम्भिक अनुमान छ । यद्यपी पुर्ण क्षति विवरण आउन केही समय लाग्ने राजविराज नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको राजश्व फाँटका कर्मचारी शितल दासका अनुसार आन्दोलनका क्रममा प्रदर्शनकारीहरुले गरेको तोडफोड र आगजनीबाट राजश्व फाँटमा विभिन्न दस्तुरबापत सेवाग्रहीहरुबाट प्राप्त करिब ११ लाख रुँपैया नगद जलेर नष्ट भएको छ । सोही फाँटमा रहेका नगरवासीका विभिन्न व्यवसाय प्रमाणपत्र, बिटौरी सम्बन्धी कागजात, घरनक्शा सम्बन्धी लगायतका अन्य कागजातहरु समेत जलेर नष्ट भएको उनले बताए ।
नगरपालिकाका योजना अधिकृत मनोज यादवले ५ वटा ट्याक्टर, ३ वटा टिपर, २ वटा बारुणयन्त्र, एक÷एक वटा जेसिबी, सेन्सन मेशिन जडान भएको गाडी, एम्बुलेन्स, कार, स्कारपियो र १५ वटा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको जानकारी दिए । यस्तै विभिन्न फाँटमा राखिएका दर्जनौं ल्यापटप र कम्प्युटरहरु पनि जलेर खरानी भएको उनको भनाई छ ।
नक्शा फाँटका प्रमुख ओमप्रकाश साहले नगर स्थापना कालदेखी नै राखिएका घरजग्गाको रेकर्ड फायल र प्रमाणहरु जस्ता महत्वपूर्ण कागजातहरु पनि जलेर खरानी भएको जानकारी दिए ।
आगजनीबाट कार्यालयको दुई तल्ले भवनको कोठाहरु मध्ये १८ वटा कोठा भवन पनि जलेर जिर्ण अवस्थामा पुगेको तथा कुनै बेला पनि भत्किने अवस्थामा रहेको नगरपालिकाको सहरी पूर्वाधार फाँटका प्रमुख अजय यादवले जानकारी दिए ।
कार्यवाहक नगरप्रमुख इसरत परविनले गत मंगलबार जिल्लामा भएको आगजनी तथा तोडफोडबाट सबैभन्दा बढी राजविराज नगरपालिका कार्यालयलाई क्षति पुगेको बताइन् । जनताको करबाट बनेको संरचना र नगर स्थापना कालदेखी नै सुरक्षित राखिएका महत्वपूर्ण दस्तावेजहरु जलाउनु उचित नभएको भन्दै उनले भनिन्, “नगरवासीले तिरेको करले बनेको कार्यालयको संरचना र जोडिएका सम्पत्ति जोगाउने सम्पूर्ण नगरवासी कै दायित्व हो ।”
उक्त घटनाले आफूलाई निकै मर्माहत पारेको भन्दै उनले अब पुर्ननिर्माणमा जुट्ने र बन्द हुन पुगेको सेवाहरु छिटो भन्दा छिटो संचालनमा ल्याउन आफूहरु लागिपरेको सुनाइन् ।
नगरपालिकामा भएको ती सबै क्षतिको पूर्ती गर्न र पुर्ननिर्माण गर्न झण्डै ३० करोड भन्दा बढी रुँपैया खर्च लाग्ने अनुमान गरिएको छ ।
जेनजीको हिंसात्मक आन्दोलनका क्रममा नगरपालिका कार्यालयसहित सघन सहरी, पूर्वाधार विकास, डिभिजन वन, जिल्ला अदालत, उच्च अदालत, हुलाक, नापी, निर्वाचन, यातायात सेवा कार्यालय लगायत नेकपा एमाले, नेपाली काँग्रेस, जनमत, जसपा नेपाल लगायतको पार्टी कार्यालय समेतमा तोडफोड र आगजनी भएको थियो ।
ती कार्यालयहरुबाट समेत क्षतिको विवरण संकलन गर्ने काम भइरहेको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/29 राजविराज नगरपालिका कार्यालयमा ३० करोड भन्दा बढीको क्षति, ११ लाख नगदसहित तीस वटा सवारीसाधन जलेर नष्ट
- 2082/05/29 कारागार क्षेत्रमा कफ्र्यु आदेश
- 2082/05/29 राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा प्रवाह स्थगन
- 2082/05/27 आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
- 2082/05/27 थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
- 2082/05/26 स्थानीय प्रशासनले कफ्र्यु खुकुलो पारेपछि किनमेल गर्दै सर्वसाधारण
- 2082/05/26 फरार ४२ जना कैदीबन्दी पक्राउ
- 2082/05/25 सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
- 2082/05/24 राजविराजमा जेनजीको प्रर्दशनपछी कफ्र्य जारि, चार पार्टी कार्यालयसहित झण्डै एक दर्जन कार्यालयमा तोडफोड र आगजनीमा, करोडौंको क्षति दर्जनौं निजि तथा सरकारी सवारीसाधन जलेर खरानी
- 2082/05/22 उच्च अदालतका पाँच कर्मचारी सम्मानित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ