News Category 2071/12/21
कीर्ते गरी नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैद
दैनिक संवाददाता
राजविराज, २० चैत ।
जिल्ला अदालत राजविराजले कीर्ते गरी नागरिकता बनाएको अभियोगमा एक प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैदको फैसला सुनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जनामाथि एक वर्षको कैद र जनही रु २० हजारका दरले जरिवाना फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलासले उनीहरूलाई बिहीबार कैद र जरिवानाको फैसला गरेको हो ।
प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र असई महतोलाई प्रहरीले १० महिनाअघि नै पक्राउ गरी किर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
यस्तै सनाखत बसेका काचन गाविसका शिबचरण यादव, बुद्धिलाल दास, सतदेवी चौधरी, पंजागदेवी चौधरी, नन्दी यादव, चलितर दास तत्मा, कामेश्वर यादव, जिबछ ठाकुर शर्मा र होरिल यादवलाई समेत इजलासले कैद र फैसला सुनाएको अदालतले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१ बस्ने प्रह्लादशम्शेरका छोरा ज्योतिशम्शेरका नाममा सप्तरी काचन २, ३, ४, ६ र ७ मा रहेको करिब २४ बिघा जग्गा हडप्ने नियतले स्थानीयवासी एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुठो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र प्रहरी महतोलाई सप्तरी प्रहरीले गत वैशाखमा पक्राउ गरी कीर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
ज्योतिशम्शेरका नामबाट ती अपरिचित युवकको तस्बिर टाँसी गत वैशाख महिनामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइएको थियो । ती व्यक्तिको नाममा जारी भएको १६–०१–७१–००५९४ नंको नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत कार्कीको हस्ताक्षर रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ