News Category 2071/12/21
कीर्ते गरी नागरिकता बनाउने प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैद
दैनिक संवाददाता
राजविराज, २० चैत ।
जिल्ला अदालत राजविराजले कीर्ते गरी नागरिकता बनाएको अभियोगमा एक प्रशासकीय अधिकृतसहित १२ जनालाई जरिवाना र कैदको फैसला सुनाएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, काचन गाविसका सचिव नवोनाथ मिश्र र प्रहरी चौकी काचनका प्रहरी सहायक निरीक्षक सत्यनारायण महतो तथा सनाखत बस्ने अन्य ९ जनामाथि एक वर्षको कैद र जनही रु २० हजारका दरले जरिवाना फैसला सुनाएको हो ।
जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीको एकल इजलासले उनीहरूलाई बिहीबार कैद र जरिवानाको फैसला गरेको हो ।
प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र असई महतोलाई प्रहरीले १० महिनाअघि नै पक्राउ गरी किर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
यस्तै सनाखत बसेका काचन गाविसका शिबचरण यादव, बुद्धिलाल दास, सतदेवी चौधरी, पंजागदेवी चौधरी, नन्दी यादव, चलितर दास तत्मा, कामेश्वर यादव, जिबछ ठाकुर शर्मा र होरिल यादवलाई समेत इजलासले कैद र फैसला सुनाएको अदालतले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१ बस्ने प्रह्लादशम्शेरका छोरा ज्योतिशम्शेरका नाममा सप्तरी काचन २, ३, ४, ६ र ७ मा रहेको करिब २४ बिघा जग्गा हडप्ने नियतले स्थानीयवासी एक व्यक्तिलाई जग्गाधनी ज्योतिशम्शेरका नाममा झुठो विवरण पेस गरी नागरिकता बनाइदिएको अभियोगमा प्रशासकीय अधिकृत कार्की, गाविस सचिव मिश्र र प्रहरी महतोलाई सप्तरी प्रहरीले गत वैशाखमा पक्राउ गरी कीर्ते नागरिकताको मुद्दा चलाएको थियो ।
ज्योतिशम्शेरका नामबाट ती अपरिचित युवकको तस्बिर टाँसी गत वैशाख महिनामा जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिइएको थियो । ती व्यक्तिको नाममा जारी भएको १६–०१–७१–००५९४ नंको नागरिकता प्रमाणपत्रमा प्रशासकीय अधिकृत कार्कीको हस्ताक्षर रहेको बताइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ