News Category 2082/05/30
डिभाईडरमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीको सुरुङ्गा नगरपालिकामा डिभाईडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नगरपालिकाको वडा नं. ५ स्थित जिनिस अस्पताल नजिकै भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
आईतवार साँझ पुर्व पश्चिम राजमार्गमा कुशहादेखी कदमाहातर्फ आउदै गरेको मधेश प्रदेश–०१–००५–प ५५११ नम्बरको मोटरसाइकल सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाईकल चालक सुरुङ्गा नगरपालिका वडा नं. ९ परमानपुर निवासी ३० वर्षीय अनिल कुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाईते चौधरीलाई नजिकै रहेको जिनिस अस्पताल पु¥याइए पनि चिकित्सकले मृत घोषणा गरेको उनले बताए ।
सोही मोटरसाइकलमा पछाडी सवार सुरुङ्गा नगरपालिका वडा नं. ७ चकदह टोलका १८ वर्षीय राधेश्याम चौधरी घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिई मृतक चौधरीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ