News Category 2071/12/22
१४ औं राष्ट्रिय हिन्दी सम्मेलन सुरु विभिन्न व्यक्तिहरु सम्मानित
राजविराज÷ १४ औं राष्ट्रिय हिन्दी सम्मेलन शनिबारदेखी राजविराजस्थित अनुपदास धर्मशालामा सुरु भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानको आयोजनामा आयोजित सम्मेलनको प्रमुख अतिथि बि.स. २०१४ सालका हिन्दी आन्दोलनका अगुवा बलराम नायकलगायतले १४ वटा मैनवत्ति बालेर सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा डा. रामदयाल राकेश, भारतीय राजदुतावासका हिन्दी विभागका डा. मोहन चन्द, डा. आशा सिन्हा, हिमालिनी हिन्दी मासिक पत्रिकाकी सम्पादक एवं त्रिविविका हिन्दी विभाग प्रमुख डा. श्वेता दिप्ति, भारतको चेन्नईका डा. एम गोबिन्दराजन, खुशिलाल मण्डल, वरिष्ठ अधिवक्ता हिम्मत सिंहलगायत विभिन्न वक्ताहरुले हिन्दी भाषालाई थप उर्जा प्रदान गर्न सम्पूर्णको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँहरुले हिन्दी भाषाको इतिहास धेरै लामो रहेको बताउँदै यसको विकासका लागि विभिन्न कार्यक्रम, गोष्ठी लगायतलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
सोही समारोहमा हिन्दी भाषाको उत्थानका लागि सहयोग पु¥याउन र अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिमालिनी हिन्दी मासिक पत्रिकाका सम्पादक एवं त्रिविविका हिन्दी विभाग प्रमुख डा. श्वेता दिप्ति, करुणा झा, पुनम झा, नागेन्द्र कर्ण, बाँसुरी बादक जिवन आले र उनकी श्रीमती क्यानेडियन श्रीमती लगायतलाई प्रमुख अतिथि नायकले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको छ ।
सोही कार्यक्रममा काठमाडौंस्थित रबिन्द्र आश्रमका श्रीराम आचार्यको नेतृत्वको साँस्कृतिक टोलीले भारत नाट्यम एवं विभिन्न गित संगित प्रस्तुत गरेको थियो । यस्तै राजविराजका स्थानिय कलाकारहरु अन्जु यादव, देवेन्द्र सोनी, कैलाश झालगायतले गित संगित प्रस्तुत गर्नुभएको थियो भने स्थानिय कलाकार जिवछ दासले समेत आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।
सो उद्घाटन समारोहमा अवकासप्राप्त प्राध्यापक डा. अवधकिशोर सिंहले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संचालन हिन्दीका प्राध्यापक सुरेन्द्र गुप्ताले गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा देशभरीका दर्जन बढी तथा भारतका करिब एक दर्जन हिन्दी साहित्यकारहरुको सहभागिता रहेको प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ