News Category 2071/12/22
१४ औं राष्ट्रिय हिन्दी सम्मेलन सुरु विभिन्न व्यक्तिहरु सम्मानित
राजविराज÷ १४ औं राष्ट्रिय हिन्दी सम्मेलन शनिबारदेखी राजविराजस्थित अनुपदास धर्मशालामा सुरु भएको छ ।
नेपाल हिन्दी प्रतिष्ठानको आयोजनामा आयोजित सम्मेलनको प्रमुख अतिथि बि.स. २०१४ सालका हिन्दी आन्दोलनका अगुवा बलराम नायकलगायतले १४ वटा मैनवत्ति बालेर सामूहिक रुपमा उद्घाटन गर्नुभयो ।
नेपाल हिन्दी प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष राजेश्वर नेपालीको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा डा. रामदयाल राकेश, भारतीय राजदुतावासका हिन्दी विभागका डा. मोहन चन्द, डा. आशा सिन्हा, हिमालिनी हिन्दी मासिक पत्रिकाकी सम्पादक एवं त्रिविविका हिन्दी विभाग प्रमुख डा. श्वेता दिप्ति, भारतको चेन्नईका डा. एम गोबिन्दराजन, खुशिलाल मण्डल, वरिष्ठ अधिवक्ता हिम्मत सिंहलगायत विभिन्न वक्ताहरुले हिन्दी भाषालाई थप उर्जा प्रदान गर्न सम्पूर्णको सहयोग आवश्यक रहेको बताउनु भयो ।
उहाँहरुले हिन्दी भाषाको इतिहास धेरै लामो रहेको बताउँदै यसको विकासका लागि विभिन्न कार्यक्रम, गोष्ठी लगायतलाई निरन्तरता दिनु पर्ने आवश्यकता रहेको बताउनु भयो ।
सोही समारोहमा हिन्दी भाषाको उत्थानका लागि सहयोग पु¥याउन र अगाडी बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने हिमालिनी हिन्दी मासिक पत्रिकाका सम्पादक एवं त्रिविविका हिन्दी विभाग प्रमुख डा. श्वेता दिप्ति, करुणा झा, पुनम झा, नागेन्द्र कर्ण, बाँसुरी बादक जिवन आले र उनकी श्रीमती क्यानेडियन श्रीमती लगायतलाई प्रमुख अतिथि नायकले प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको छ ।
सोही कार्यक्रममा काठमाडौंस्थित रबिन्द्र आश्रमका श्रीराम आचार्यको नेतृत्वको साँस्कृतिक टोलीले भारत नाट्यम एवं विभिन्न गित संगित प्रस्तुत गरेको थियो । यस्तै राजविराजका स्थानिय कलाकारहरु अन्जु यादव, देवेन्द्र सोनी, कैलाश झालगायतले गित संगित प्रस्तुत गर्नुभएको थियो भने स्थानिय कलाकार जिवछ दासले समेत आफ्नो कला प्रस्तुत गर्नुभएको थियो ।
सो उद्घाटन समारोहमा अवकासप्राप्त प्राध्यापक डा. अवधकिशोर सिंहले स्वागत मन्तव्य दिनुभएको थियो भने कार्यक्रम संचालन हिन्दीका प्राध्यापक सुरेन्द्र गुप्ताले गर्नुभएको थियो ।
दुई दिनसम्म चल्ने सो सम्मेलनमा देशभरीका दर्जन बढी तथा भारतका करिब एक दर्जन हिन्दी साहित्यकारहरुको सहभागिता रहेको प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष नेपालीले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
- 2082/06/28 एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
- 2082/06/28 पत्रकार माझीमाथी हातपात र दुव्र्यबहार निन्दनीय, दोषीलाई कारवाहीको माग ः पत्रकार महासंघ
- 2082/06/27 पत्रकार माझीमाथी गरिएको अभद्र व्यवहार र हातपातप्रति तीन पत्रकार संघ संगठनद्वारा भत्र्सना
- 2082/06/27 चोरीका चार मोटरसाइकलसहित सात जना पक्राउ
- 2082/06/27 महोत्सवको नाम दिएर समाजमा बिकृती फैलाउने काम ः जेनजी यूवा समूह
- 2082/06/26 दुई पालिकामा महिला तथा बालबालिका हिंसा विरुद्धको निर्देशिका पारित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ