News Category 2071/12/22
मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने
राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने बताउँनुभएको छ ।
३० दलिय गठबन्धन सप्तरीद्वारा शनिबार राजविराजमा सरोकारबालासँग “आन्दोलन किन” विषयक बृहद अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशी जनतामाथि सदियौदेखि भेदभाव, दमन, शोषण, विभेद, असमान्ता र स्वतन्त्रताको विरुद्धको आन्दोलन रहेको तथा त्यसको अन्त्य नभएसम्म आन्दोलन नरोकिने उद्घोष गर्नुभयो ।
अध्यक्ष यादवले मधेशी जनतालाई अलग राज्य, अलग प्रान्त, शासन, प्रशासन र अधिकार चाहिएकाले सत्ताधारी काँग्रेस, एमाले र पहाडी शासकले सो दिन तयार नरहेकाले अब सम्पूर्ण मधेशी जनसमुदायलाई एकिकृत भई अधिकार प्राप्तिका लागि सशक्त आन्दोलनको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले मधेशलाई अधिकार प्राप्तिका लागि मुलुकमा आन्दोलनको आवश्यकता रहेको जिकिर गर्नुहुँदै त्यसका लागि सबैको सहयोगको खाँचो रहेको बताउँनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा सभासद अशोक मण्डल, मानपुर चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल लगायतका बक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
- 2082/02/23 डाकाको प्रतिकारमा उत्रिएका कन्तलालको गोलीका साथै घरेलु हतियार प्रयोग गरि हत्या, भाई गम्भिर
- 2082/02/22 कोशी नदीमा उद्दारकला र पूर्वअभ्यासमा सहभागि दुई सशस्त्र प्रहरी बेपत्ता
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ