News Category 2071/12/22
मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने
राजविराज÷मधेशी जनअधिकार फोरम नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेश मुक्त नभएसम्म आन्दोलन जारी रहने बताउँनुभएको छ ।
३० दलिय गठबन्धन सप्तरीद्वारा शनिबार राजविराजमा सरोकारबालासँग “आन्दोलन किन” विषयक बृहद अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउँनुभएको हो ।
प्रमुख अतिथिको आसन्नबाट बोल्नुहुँदै उहाँले मधेशी जनतामाथि सदियौदेखि भेदभाव, दमन, शोषण, विभेद, असमान्ता र स्वतन्त्रताको विरुद्धको आन्दोलन रहेको तथा त्यसको अन्त्य नभएसम्म आन्दोलन नरोकिने उद्घोष गर्नुभयो ।
अध्यक्ष यादवले मधेशी जनतालाई अलग राज्य, अलग प्रान्त, शासन, प्रशासन र अधिकार चाहिएकाले सत्ताधारी काँग्रेस, एमाले र पहाडी शासकले सो दिन तयार नरहेकाले अब सम्पूर्ण मधेशी जनसमुदायलाई एकिकृत भई अधिकार प्राप्तिका लागि सशक्त आन्दोलनको खाँचो रहेको स्पष्ट पार्नुभयो । उहाँले मधेशलाई अधिकार प्राप्तिका लागि मुलुकमा आन्दोलनको आवश्यकता रहेको जिकिर गर्नुहुँदै त्यसका लागि सबैको सहयोगको खाँचो रहेको बताउँनुभयो ।
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित सो अन्तरक्रिया कार्यक्रममा सभासद अशोक मण्डल, मानपुर चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका राष्ट्रिय उपाध्यक्ष शेखर सिंह, फोरम नेपालकी केन्द्रिय कोषाध्यक्ष रेणु यादव, फोरम नेपालका केन्द्रिय सदस्य शैलेन्द्र प्रसाद साह, सद्भावना पार्टीका केन्द्रिय सदस्य दिपेन्द्र चौधरी, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डल लगायतका बक्ताहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ