News Category 2082/06/22
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
दैनिक समाचारदाता
राजविराज, २२ असोज ।
जेनजी समूहका युवाहरुले बुधबार बिहान राजविराज विमानस्थलको भिआईपी कक्षको निरिक्षण गरेका छन् ।
जेनजी समूहले यस अघि नै विमानस्थल कार्यालयमा सञ्चालनमा रहेका भिआइपी कक्षलाई बन्द गनुपर्ने चेतावनी दिएका थिए । सोको पालना भए नभएको भनि हेर्न आएका थिए ।
जेनजी समूहका युवाहरुलाई मुल गेटमा सेना र प्रहरीले केहीबेर रोकेका थिए । सो क्रममा सामान्य भनाभन समेत भएको थियो ।
त्यसपछि जेनजीका अगुवाहरु मध्येका एक मोहन यादवको अगुवाइमा ५÷६ जना युवालाई भित्र प्रवेश गर्न दिइएको थियो । उनीहरु भिआइपी कक्ष बन्द रहेको आफ्नै आँखाले देखेपछि आश्वस्त भई फर्केका थिए ।
कुनै अप्रिय घटना नहोस् भन्ने उद्देश्यले विमानस्थल कार्यालयलाई दुई घण्टा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सुरक्षा व्यवस्था मिलाएको नेपाल नागरिक उड्ययन प्राधिकरण कार्यालय राजविराजका प्रमुख ज्योति प्रकाश साहले बताए ।
विमानस्थल सुरक्षाका लागि आफै खटेका बरखगणका गणपती सोवित बहादुर चन्दले सम्भावित क्षतिबाट विमानस्थललाई जोगाउन सुरक्षा व्यवस्था कडा पारिएको बताए । उनले मुलुकको संरचना जोगाउने काम आफूहरुको मात्र नभई जेनजीका युवा भाइहरुको पनि रहेको भन्दै आफ्नो कुरा र गतिविधि संयमित भएर गर्न सचेत गराएका थिए ।
कार्यालय प्रमुख साहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पश्चात नै विमानस्थलमा रहेको भिआइपी कक्ष बन्द गरिएको गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ