News Category 2082/06/23
कारागारमा असुरक्षित छु ः कैदी यादव
दैनिक समाचारदाता
राजविराज, २३ असोज ।
एक विरामी कैदीबन्दीले आफू कारागारमा असुरक्षित भएको गुनासो पोखेका छन् । कर्तब्य ज्यान मुद्दामा राजविराज कारागारमा जेलजिवन विताइ रहेका सप्तरीको बोदेबरसाइन नगरपालिका ८ निवासी ५५ बर्षीय कामेश्वर भन्ने कमलनारायण यादवले यस्तो गुनासो पोखेका हुन् ।
प्रोस्टेट रोगका विरामी रहेका उनको अहिले स्थानिय गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । गत भदौ २५ गते जेनजी आन्दोलनका क्रममा राजविराज कारागारबाट फरार भएका २०५ कैदी मध्ये उनी पनि एक थिए । यद्यपी फरार भएको २५ दिनपछि असोज २० गते उनी आफै कारागार पुगेर आत्मसमर्पण गरेका थिए ।
फरार भएकै दिन उनी भारतको बिहार राज्य अन्तरगत दरभंगास्थित एक अस्पतालमा पुगेर प्रोस्टेटको शल्यक्रिया गराएका थिए । दुई दिन अघि मुत्र थैलीमा फेरी समस्या बल्झिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको जेलर गंगालाल योगीको भनाई छ ।
यादवले कारागारका चौकीदार मनोज यादव र मिथिलेश यादवले आफूलाई विभिन्न बहानामा दुःख दिने गरेको र प्रतिवाद गर्न खोज्दा ज्यानै मार्नै धम्की समेत दिने गरेको गुनासो गरेका छन् ।
आफू चौकीदारहरुबाट असुरक्षित भएको बताएका उनले सम्भव भए आफुलाई नभए ती चौकीदारहरुलाई अन्यत्रको कारागारमा सरुवाका लागि पहल गरिदिन सबैसंग आग्रह गरेका छन् ।
यादवको कैद अवधि अझ ४ बर्ष जति बाँकी छ । जेलर योगीले उक्त प्रकरणबारे चौकीदार र अन्य कैदीबन्दी संग समेत सत्यतथ्य बुझ्ने काम भएको बताए । उनले कैदी यादव प्रोस्टेटको रोगले पीडित भएकाले मानविय आधारमा राम्रो उपचार पाउन सकोस भन्ने मनसायले उनलाई विराटनगर वा काठमाण्डौं जेल सरुवा गर्ने तयारी भइरहेको जानकारी समेत दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ