News Category 2082/06/30
छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २९ असोज ।
सप्तरी हनुमाननगर कंकालिनी नगरपालिकामा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।
वडा नं. ५ जोगिनायाँ घर भएका ४२ बर्षीय नरेश यादवको चौताराबाट लडेर मंगलबार राति मृत्यु भएको हो ।
यादव अत्याधिक मादक पदार्थ सेवन गरेर सोही ठाउँ स्थित जोगिनिया बाँधमा रहेको रुखको चौतारामा बसिरहेको अवस्थामा अचानक तीन मिटर तल लडी घाईते भएका थिए ।
घाइते भएका उनलाई भारदह अस्पतालमा सप्तरीमा सामान्य उपचार पश्चात थप उपचारका लागी सुनसरीमा लगिएकोमा मंगलबार राती चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर पुरीले जानकारी दिए ।
यस्तै सोही नगरपालिका वडा नं. ३ गितखोरा घर भएका ५५ बर्षीय महिला सबुरी खंगको मृत्यु भएको छ । एकसाता अघि घाँसमा छर्ने बिषादी सेवन गरी सिकिस्त हुनु भएका उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार पछि थप उपचारका लागि नोवेल अस्पताल विराटनगर लगिएको थियो ।
आर्थिक अवस्था कमजोर भएकाले त्यहाँ उपचार गराउन नसकि कोशी अस्पताल विराटनगरमा उपचार गराएर घर ल्याइएकोमा मंगलबार राति उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लेखबहादुर विष्टले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/05 मनोनयन प्रक्रियादेखी मतगणना प्रक्रियासम्म सबै सुरक्षा व्यवस्थापनको तयारी
- 2082/10/05 सप्तरी २ बाट उम्मेदवारी दिन्छु ः पूर्वमुख्यमन्त्री सिंह
- 2082/10/05 राजविराज बसपार्क यथासिघ्र संचालनमा ल्याउने मन्त्री सुमनको प्रतिबद्धता
- 2082/10/05 मेयरकप फुटबल प्रतियोगितामा शम्भुनाथ विजयी
- 2082/10/05 प्रधानमन्त्री कप जिल्ला छनोट क्रिकेटमा शम्भुनाथ बिजयी
- 2082/10/03 सप्तरीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- 2082/10/03 सप्तरीको समग्र विकासका लागि पहल भइरहेको छ ः मन्त्री गुप्ता
- 2082/10/03 सप्तरीमा निर्वाचन प्रहरीका लागि झण्डै दोब्बर आवेदन
- 2082/10/03 छुट्टाछुट्टै स्थानमा आगलागि हुँदा दश लाख मूल्य बराबरको क्षति
- 2082/10/01 मकर संक्रान्तिमा श्रीराम खिचडी प्रसाद र न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ