News Category 2071/12/25
बन्दकर्ताद्वारा जनस्वास्थ्य कार्यालय सप्तरीको मोटरसाईकल तोडफोड, मालपोतमा ढुङ्गामुढा
दैनिक संवाददाता
राजविराज, २४ चैत ।
एमाओवादीको नेतृत्वमा मधेशवादी दलसहित ३० दलिय मोर्चाले अह्वान गरेको तिन दिने आमहड्तालको पहिलो दिन मंगलबार सप्तरीको जनजीवन पूर्ण रुपले प्रभावित भएको छ ।
बन्दका क्रममा बन्दकर्ताले जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीको स १ ब ३५५ नम्बरको मोटरसाईकल तोडफोड गरेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको परिवार नियोजन अधिकृत राजेश मिश्रले मोटरसाईकलमा चढेर कार्यालयतर्फ आउदै गरेको बेला मोर्चाको कार्यकर्ताले मोटरसाईकलमा तोडफोड गरेका हुन् ।
यसैगरि बन्दकर्ताले जिल्ला मालपोत कार्यालय सप्तरीमा ढुङ्गामुढा गरेका छन् । सो क्रममा एक जना बृद्धालाई चोटपटक लागेको स्थानियहरुले जनाएका छन् ।
यस्तै बन्दका कारण सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटोदुरीका सवारीसाधनहरु चलेनन् भने पसल, शिक्षण संस्था, बजार बन्द रहेको छ ।
त्यस्तै जिल्लाको राजविराज, सप्तकोशी, शम्भुनाथ, कञ्चनरुप नगरपालिकालगायत ग्रामिण भेगका बजारहरुमा समेत बन्दको प्रभाव परेको छ । यस्तै जिल्लाको पातो, कल्याणपुर, कडरबोना, भारदह, हनुमाननगर, रुपनी, कल्याणपुर, कुशहा, कुनौली बोर्डर, बरही बिरपुर नहर चौक लगायत जिल्लाको ग्रामिण बजार पनि बन्दले प्रभावित भएको छ ।
यसैगरि एनेकपा (मााओवादी)को नेतृत्वमा आन्दोलनरत ३० दलीय मोर्चाले कोटेश्वर–बालकुमारीमा मंगलबार बिहान एउटा ट्याक्सी जलाइदिएको छ ।
सहमतिको संविधान लेखनका लागि दबाब सिर्जना गर्ने जनाउँदै मोर्चाले मंगलबार नेपाल बन्दको घोषणा गरेको छ । त्रिभुवन विमानस्थलमा आफन्तलाई पु¥याएर ललितपुरतर्फ फर्किरहेका हेटौँडा निवासी नीरज बानियाँको बा१ज १८७७ नं को ट्याक्सीमा आन्दोलनकारीले पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
यात्रु बनेर पाटन अस्पताल जाने भनी ट्याक्सीलाई रोकेर अपरिचित दुई आन्दोलनकारीले बिहान ५ः१५ बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ