News Category 2071/12/25
बरही बिरपुर घटनाको बास्तविकता छानबिन हुनुपर्ने माँग
दैनिक संवाददाता
राजविराज, २४ चैत ।
सप्तरीको बरही विरपुर गाविसमा भएको आपसी विवादका कारण झै झगडा हुदाँ मृत्यु भएकी बृद्धाको घटना बारेमा वास्तविक छानबिन हुनुपर्ने पीडितका परिवारजनले माग गरेको छ ।
नेपाल पत्रकार महासंघ राजविराजमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बरही बिरपुर ४ का जितेन्द्र कुमार रायले उक्त घटनाको बास्तविकता छानबिन गर्नुका साथै दोषी ब्यक्तिलाई कानुनी कारबाही तथा निर्दोष ब्यक्तिलाई सजाय नहुनुपर्ने माँग गर्नुभएको छ ।
आयोजित पत्रकार सम्मेलनमा रायले स्थानीय बेचन रायका ८० वर्षिया आमा राजबतीदेवी रायको ब्यक्तिगत रिसिभिका कारण मृत्यु भएको बताउँदै उहाँले बृद्धाको कुटपिटबाट मृत्यु नभएको दाबी गर्नुभएको छ ।
स्थानीय छिमेकीहरुले गरेको कुटपिटबाट बरहीबीरपुर गाविस ४ की ७० बर्षीया राजबतीदेवी रायको मृत्यु सम्बन्धिको घटना विभिन्न संचारमाध्यममा निराधार रहेको बताउँदै रायले उक्त घटनाको बास्तविकता छानबिन हुनुपर्ने माँग गर्नुभएको छ ।
कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो ।
ब्यक्तिगत रिसिभिका कारण बेचन राय र स्थानीय विद्यानन्द राय, शिबानन्द राय र कामेश्वर रायबिच झै झगडा भएको थियो ।
यसैबिच प्रहरीले कुटपिटमा संलग्न विद्यानन्दकी पत्नी बिन्दुल, कमानन्दकी पत्नी रेणुलाई पक्राउ गरेको तथा उनीहरु सो घटनामा संलग्न नरहेको रायले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । बिन्दुल र रेणु सो समयमा खाना बनाउँदै गरेको जितेन्द्रको दावी रहेको छ ।
सोही पत्रकार सम्मेलनमा सोही ठाउँका विजय रायले बृद्धाका आप्mनै छोरा बेचनले मारेको दाबी गर्नुहुँदै उहाँले ब्यक्तिगत रिसिभिका कारण बृद्धाको हत्या गरेर फसाउँन खोजेको आरोप लगाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ