News Category 2082/07/16
विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
दैनिक समाचारदाता
राजविराज, १६ कात्तिक ।
सप्तरीको शम्भुनाथ नगरपालिकास्थित श्री बुद्धिलाल मुनर नमुना मावि विद्यालय भगवतपुरका निमित्त प्रधानाध्यापक गजेन्द्र प्रसाद दासले विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट असुरक्षित भएको गुनासो पोखेका छन् ।
न्यायका लागि आइतबार राजविराज आइपुगेका उनी संचारकर्मीहरुलाई भेट्दै आफू वरिष्टत्तम शिक्षक भएपनि कनिष्ट शिक्षक तुलसी दास चौधरीलाई निमित्त प्रअ बनाउने चलखेल भएको र सोको प्रतिबाद गर्न खोज्दा आफूलाई असहयोग भएको मात्र होइन ज्यान मार्ने सम्मको धम्की आउन थालेको बताए ।
बि.स.२०५३ सालमा शिक्षण पेशामा प्रवेश गरि आफू २०६० साल चैत १० गते देखी स्थायी भई नियमित रुपमा विद्यालयमा अध्यापन कार्य गर्दै आएको भएपनि विद्यालय व्यवस्थापन समितिका केही पूर्व र वर्तमान पदाधिकारी, शिक्षक, शिक्षा शाखाका प्रमुख र जनप्रतिनिधीसमेत मिलेर बढुवा प्रक्रियामा अन्याय गर्न खोजेको गुनासो गरे ।
बि.स. २०७५ साल फागुन ८ गते शिक्षा नियमावली विपरीत तत्कालिक विद्यालय व्यवस्थापन समितिले शिक्षक चौधरीलाई करारमा प्रअको नियक्ति दिएपछी आफू न्यायका लागि अदालतको शरणमा पुगेको बताए । उनले उच्च अदालत जनकपुर–राजविराज इजलाशले २०८१ माघ २३ गते निज चौधरीको प्रअ पदमा ५ वर्षका लागि गरिएको नियक्ति उत्प्रेषणको आदेशले बदर गरेपछी वरिष्टत्तमको आधारमा आफू निमित्त प्रअको जिम्मेवारीमा पुगेको उनको भनाई छ ।
तर आफूलाई कुनै बरबुझारथ नै नगरि तथा अदालतको आदेशको समेत वेवास्था गर्दै वडा अध्यक्ष गोपाल प्रसाद चौधरी, केही शिक्षक, विद्यालय व्यवस्थापन समितिका केही पदाधिकारी र शिक्षा शाखाका प्रमुख बिदुरबिक्रम थापासमेत मिलेर २०८२ असार ११ गते गोप्य बैठक गरि निज चौधरीलाई पुनः प्रअको जिम्मेवारीमा पु¥याएको उनको भनाई छ ।
उक्त निर्णय बिरुद्ध आफू अदालतको अवहेल्ना मुद्दा २०८२ असार १२ गते उच्च अदालत जनकपुर–राजविराजमा इजलाशमा दर्ता गराएको र हाल विचाराधिन अवस्थामा रहेको उनले सुनाए । कानुनी रुपमा हाल निमित्त प्रअको रुपमा आफू नै जिम्मेवारी सम्हालिरहेको भएपनि विपक्षिहरु मिलि काम गर्न अवरोध गर्ने र डरत्रास, धम्की दिएर भगाउन खोजेको उनको आरोप छ ।
उनले २०८१ माघ २३ गते भएको अदालतको आदेशको अवज्ञा गर्दै पूर्वकरारका प्रअ चौधरीले हालसम्म बरबुझारथ गर्न नमानेको र ताकेता गर्दा विद्यालयमा उपद्र मचाउनुका साथै धाकधम्की दिन थालेको भन्दै उनले शान्ति सुरक्षाको वातावरण मिलाईदिन समेत सरोकारवालासँग आग्रह गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
- 2082/09/23 अस्पतालमा पुनः एचडियु र एनआईसियु सेवा संचालन
- 2082/09/23 दुई पालिकामा न्यानो कम्बल वितरण
- 2082/09/22 प्रमुख र उपप्रमुखको विवादमा कञ्चनरुप नगरपालिकाको प्रशासनिक तथा नीतिगत प्रक्रिया अवरुद्ध
- 2082/09/22 दुई क्षेत्रबाट उम्मेदवारी सिफारिस भएका नेकपा नेता जसपा नेपालमा प्रवेश
- 2082/09/22 कैदीबन्दीद्वारा चौकिदारमाथी अनियमितताको आरोप
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ