News Category 2082/07/20
विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक ।
सप्तरीको कंचनरुप नगरपालिका अन्तरगत सम्पूर्ण सामुदायिक तथा धार्मिक विद्यालयका शिक्षक तथा कर्मचारीहरु विगत चार महिनादेखी तलब नपाएको भन्दै बाध्य भई बिहिवारदेखि चरणबद्ध आन्दोलनमा उत्रेका छन् ।
आन्दोलन परिचालन समितिले बिहीबार आन्दोलनका कार्यक्रमसहित नगरपालिकाको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
बुझाइएको ज्ञापनपत्रमा चालु आ.व. २०८२÷०८३ को श्रावणदेखि हाल सम्मको तलब भत्ता सुविधा राज्यले उपलब्ध गराए पनि नगर प्रमुख र उपप्रमुख बीचको आन्तरिक विवादको कारण सो पाउनबाट बञ्चित भएको उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृत समेत कार्यालयमा उपस्थित नरहेकोले राष्ट्र सेवक शिक्षक कर्मचारीहरु गत असोज २४ गते जिल्ला प्रशासन कार्यालय सप्तरीमा तलव भत्ता निकासामा सहजीकरणकोलागी ज्ञापनपत्र बुझाएको र २७ गते नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु बीच सहजीकरण समेत गर्दा तलव भत्ता हालसम्म उपलब्ध नगराएको ज्ञापनपत्रमा जनाइएको छ ।
आन्दोलनका कार्यक्रम अन्तरगत कात्तिक २० र २१ गते विभिन्न कार्यालयहरुमा ज्ञापनपत्र बुझाउने, २३ र २४ गते बिहान ११ः०० बजे नगरपालिकाको गेट अगाडि धर्ना दिने तथा सो अवधीसम्म पनि तलब भत्ता उपलब्ध नभए २४ गते आगामी आन्दोलनका कार्यक्रमको घोषणा गर्ने उल्लेख छ ।
विभिन्न १३ वटा सरोकारवाला निकायलाई बोदार्थ गरिएको ज्ञापनपत्र मार्फत आन्दोलनमा सहभागिता जनाउन नगरपालिका अन्तर्गतका विषयगत शाखाका शाखा प्रमुख लगायत सम्पूर्ण कर्मचारी, स्वास्थ्य कर्मचारीहरु, सफाईकर्मीहरु साथै मम्पूर्ण सरोकारबालाहरुलाई सहभागी हुन आह्वान समेत गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/20 ७२ हजार भन्दा बढी करदाता रहेको सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना हुनुपर्ने माग, कार्यालय स्थापनाको माग गर्दै बजार बन्दको घोषणा
- 2082/07/20 देशभरका ३८ करदाता सेवा कार्यालय खारेज, स्थायी लेखा नम्बर प्रमाणपत्र स्थानीय तहले जारि गर्ने
- 2082/07/20 विगत चार महिनादेखी तलब नपाएको भन्दै शिक्षक तथा कर्मचारीहरु आन्दोलित
- 2082/07/19 परिवर्तन ल्याउन सक्षम, इमान्दार र स्थानीय क्षेत्रकै बासिन्दालाई जिताउनुपर्छ ः रन्जु ठाकुर
- 2082/07/18 करदाता सेवा कार्यालय राजविराजलाई स्तान्तरण गर्ने प्रपञ्च रचिदै
- 2082/07/18 अग्नीसाईर कृष्णासवरनका अध्यक्ष चौधरीद्वारा राजिनामा
- 2082/07/18 जनकपुर बोल्ट्सले प्रतिभा ट्यालेन्ट हन्टवाट आईकनिक प्लेयर चयन गर्दै
- 2082/07/17 स्रोत नखुलेको ठूलो परिमाणको नगदसहित दुई पक्राउ
- 2082/07/16 बलात्कार मुद्दाका दोषी कारागारबाट भागेर पीडितसँगै गरे बिवाह
- 2082/07/16 विद्यालयकै केही जिम्मेवारी पदाधिकारी, जनप्रतिनिधि र शिक्षकबाट आफू असुरक्षित ः प्रअ दास
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ