News Category 2082/07/21
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
करदाता सेवा कार्यालय खारेजको बिरोध गर्दै सडक संघर्षमा उत्रेका सप्तरीका उधोगी व्यवसायीले शुक्रवार राजविराजस्थित जिल्लाका प्रमुख बजार बन्द गराएका छन ।
विहान १० बजेदेखी जिल्लाका प्रमुख बाजारमा भेला भएका उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन ।
७२ हजार भन्दा बढी करदातालाई लक्षित गरी २०७५ सालमा स्थापना भएको राजविराजस्थित करदाता सेवा कार्यालयसँगै अन्य ३७ वटा त्यस्ता कार्यालय सरकारले खारेज गरेको छ । सरकारको उक्त निर्णयको बिरोध गर्दै आन्दोलनमा उत्रनु परको सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीको भनाई छ ।
“नेपाल सरकारले तोकेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको अवस्थामा यहाँबाट उक्त कार्यालय हटाउनु आश्चर्यको विषय हो, महासचिव संचेतीले भने–यहाँका उधोगी व्यवसायीलाई मारमा पर्ने गरी गरिएको निर्णय सच्याइयोस होइन भने थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाइने छ ।”
मन्त्री परिषदको मिति २०८२ साल कार्तिक १७ गतेको बैठकबाट राजविराजस्थित उक्त कार्यालय सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमा गाभ्ने निर्णय भएको उनको भनाई छ । सरकारको नीति अनुसार लक्ष्य भन्दा बढी झण्डै वार्षिक १ सय करोड रुपैया राजश्व संकलन गरिरहेको अवस्थामा पनि उधोगी व्यवसायीलाई अनावश्यक दुःख दिने नियतले कार्यालय सार्न लागिएको उधोगी व्यवसायीको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ