News Category 2082/07/21
बजार बन्द गराउँदै सप्तरीका उधोगी व्यवसायी सडकमा
दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक ।
करदाता सेवा कार्यालय खारेजको बिरोध गर्दै सडक संघर्षमा उत्रेका सप्तरीका उधोगी व्यवसायीले शुक्रवार राजविराजस्थित जिल्लाका प्रमुख बजार बन्द गराएका छन ।
विहान १० बजेदेखी जिल्लाका प्रमुख बाजारमा भेला भएका उनीहरुले ठाउँ ठाउँमा टायर बालेर प्रर्दशन समेत गरेका छन ।
७२ हजार भन्दा बढी करदातालाई लक्षित गरी २०७५ सालमा स्थापना भएको राजविराजस्थित करदाता सेवा कार्यालयसँगै अन्य ३७ वटा त्यस्ता कार्यालय सरकारले खारेज गरेको छ । सरकारको उक्त निर्णयको बिरोध गर्दै आन्दोलनमा उत्रनु परको सप्तरी उधोग बाणिज्य संघका महासचिव अमृत संचेतीको भनाई छ ।
“नेपाल सरकारले तोकेको लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको अवस्थामा यहाँबाट उक्त कार्यालय हटाउनु आश्चर्यको विषय हो, महासचिव संचेतीले भने–यहाँका उधोगी व्यवसायीलाई मारमा पर्ने गरी गरिएको निर्णय सच्याइयोस होइन भने थप सशक्त आन्दोलनका कार्यक्रमहरु अघि बढाइने छ ।”
मन्त्री परिषदको मिति २०८२ साल कार्तिक १७ गतेको बैठकबाट राजविराजस्थित उक्त कार्यालय सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमा गाभ्ने निर्णय भएको उनको भनाई छ । सरकारको नीति अनुसार लक्ष्य भन्दा बढी झण्डै वार्षिक १ सय करोड रुपैया राजश्व संकलन गरिरहेको अवस्थामा पनि उधोगी व्यवसायीलाई अनावश्यक दुःख दिने नियतले कार्यालय सार्न लागिएको उधोगी व्यवसायीको आरोप छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ