News Category 2082/07/23
करदाता सेवा कार्यालय यथावत नराखिए आन्दोलन चर्काउने चेतावनी
दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक ।
राजविराजस्थित करदाता सेवा कार्यालय हटाउने निर्णय विरुद्ध गठित संर्वदलिय सर्वपक्षिय संर्घष समिती सप्तरीले निर्णय सच्याउन माँग गर्दै प्रधानमन्त्रीलाई आइतबार ज्ञापन पत्र पठाएको छ ।
संघर्ष समितीका संयोजक सुरेन्द्र यादव तथा उधोग बाणिज्य संघ सप्तरी, राजनीतिक दल र विभिन्न पालिकाका प्रतिनिधीसहित जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले. प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका हुन ।
टोलीमा सहभागी विभिन्न पालिकाका प्रमुख, राजनीतिक दल तथा उधोग बाणिज्य संघका प्रतिनीधीले करदाता सेवा कार्यालय जिल्लाबाट सार्ने निर्णय ७२ घण्टा भित्र नसच्याइए आन्दोलनको आँधीवेरी सृर्जना गर्ने चेतावनी समेत दिएका छन ।
ज्ञापन पत्र बुभ्mदंै प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले तत्कालै सम्बन्धित ठाउँमा पठाई आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । उनले विभिन्न आन्दोलनबाट देशले धेरै क्षति व्योहोरी सकेको भन्दै वार्ता र सम्वादबाटै समाधान खोज्नु उपयुक्त हुने धारणा राखेका थिए ।
द्वन्दकालमा राजविराजमा रहेको आन्तरिक राजश्व कार्यालय सिरहाको लहान सारिएपछी लामो समयको प्रयास पश्चात् २०७५ सालमा राजविराजमा करदाता सेवा कार्यालय स्थापना गरिएको थियो । भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित सो कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
नेपाल सरकारले तोकेकोे लक्ष्य भन्दा बढी राजश्व संकलन गरिरहेको उक्त केन्द्रलाई पछिल्लो पटक २०८२ साल कार्तिक १७ गतेको मन्त्री परिषदको बैठकले सिरहाको लहानस्थित आन्तरिक राजश्व कार्यालयमै गाभ्ने निर्णय गरेको थियो ।
करदाता सेवा कार्यालयको तथ्यांक अनुसार ६६ हजार ५ सय ६१ सक्रिय करदाता रहेको यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो । अघिल्लो आ.व. २०८०÷०८१ करिब ७७ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । यस कार्यालयले चालु आ.ब. २०८२÷०८३ मा १ अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/15 जनमुखीको २४ साधारण सभा सम्पन्न
- 2082/09/14 छोरालाई विषादी खुवाएर हत्या गरेको आरोपमा आमा पक्राउ
- 2082/09/14 चिसो बढेपछी विद्यालयमा बिदा
- 2082/09/14 ईन्डो– नेपाल क्रिकेटमा पाहुना टोलीलाई पराजित गर्दै सप्तरीको विजयी शुरुवात
- 2082/09/14 अग्निपीडित परिवारलाई राहत
- 2082/09/13 चिसो बढेपछी सप्तरीका दुई पालिकाको विद्यालय बन्द
- 2082/09/13 विष्णुपुर सप्तरीको चौथो बाल विवाहमुक्त पालिका
- 2082/09/13 दाउरा बाँड्दै नगरपालिका
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ