News Category 2082/09/01
पाँचौ दिन पनि रिले अनसन जारि
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
आन्तरिक राजश्व कार्यालय पुनःस्थापनाको माग गर्दै राजविराजमा पाँचौ दिन मंगलबार पनि रिले अनसन जारि छ ।
जनयुद्धकालामा राजविराजबाट सिरहाको लहान सारिएको आन्तरिक राजश्व कार्यालय पुनः राजविराजमै स्थापना गर्नु पर्ने माग राख्दै गत शुक्रबारदेखी रिले अनसन सुरु भएको हो ।
यता गठित संघर्ष समितिको संयोजनमा जारि अनसनमा ऐक्यबद्धता जनाउदै बस्नेहरुको संख्या पनि दैनिक बढ्दै गएको छ ।
रिले अनसनको पाँचौ दिन मंगलबार ऐक्यवद्धता जनाउँदै बस्नेहरुमा उद्योगी व्यवसायी, राजनीतिक दल, विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधिका साथै मधेश प्रदेशका सांसद किरणकुमारी साह, पूर्व सिचाई मन्त्री उमेश कुमार यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता विकास तिवारीसमेत बसेका छन् ।
गत मंसिर १७ गते सरकारले देशभरीका सम्पुर्ण करदाता सेवा कार्यालय खारेज गरेको निर्णय विरुद्ध सप्तरीबासी बुद्धिजिवी राजनीति दल, पत्रकार, जेनजी युवा, विभिन्न संघ संस्था, बैंक तथा वितिय संस्था, व्यापारी, उद्योगी लगायत आन्दोलित भएका छन् ।
जनयुद्ध कालमा आन्तरिक राजश्व कार्यालय राजविराजबाट सिरहाको लहानमा सारिएको थियो । लामो सम्वादपछी बि.स. २०७५ साल भदौं १६ गते तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले राजविराज वडा नं. ६ सिरहा रोडस्थित करदाता सेवा कार्यालय उद्घाटन गरेका थिए । त्यसपछी उक्त कार्यालय राजविराज वडा नं. ७ स्थित आफ्नै भवनमा सरेको थियो । तर भदौं २५ गते जेनजी आन्दोलनका क्रममा कार्यालयमा आगजनी भएपछी कार्यालय क्षतिग्रस्त हुँदा हाल नजिकैको भाडाको भवनमा संचालन हुँदै आएको छ ।
सप्तरीमा ७२ हजार भन्दा बढी करदाता रहेका छन् । यस कार्यालयले गत आ.व. २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ