News Category 2082/09/01
उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
दैनिक समाचारदाता
राजविराज, १ पुस ।
उज्यालो नेपाल पार्टीले प्रतिनिधीसभा निर्वाचनमा सबै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको जनाएको छ ।
कुलमान घिसिङले नेतृत्व गरेको उक्त पार्टीले मंगलबार राजविराज पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रिय सदस्य तथा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका संयोजक डा. दिपक चौधरीले “सही पदमा सही प्रतिनिधि” नाराका साथ जिल्ला जिल्लामा संगठन निर्माण, कमिटिहरु गठन तथा सम्भावित उम्मेदवारको सूची संकलन लगायतका माध्यमबाट पार्टीले निर्वाचनको तयारी अघी बढाएको जनाए ।
जिल्ला जिल्लामा संगठन बिस्तार गर्ने क्रममा सप्तरीमा समेत पार्टीको प्रचार प्रसार, संगठन निर्माण, जनतासँग प्रत्यक्ष संवाद तथा सम्भावित उम्मेदवारको नाम संकलन कार्य अभियानकै रुपमा अघी बढेको उनले बताए ।
अर्का केन्द्रिय सदस्य ई. तेजनारायण यादवले आगामी निर्वाचनमा उज्यालो पार्टीको उपस्थिति र भविष्य उज्वल हुने भन्दै जेनजी पुस्ताको पनि अपार समर्थन रहेको दाबी गरे । भ्रष्टाचारबाट मुक्ति तथा विकासको एजेण्डालाई पहिलो प्राथमिकतामा राखेर अघी बढेको उनको दाबी छ ।
पत्रकार सम्मेलनमा काठमाडौं–सप्तरी सम्पर्क मञ्चका सहसंयोजक हर्खनारायण चौधरी, सचिव बेदानन्द साह, सहसचिव इन्द्रशंकर चौधरीले पनि पार्टीको गतिबिधी बारे जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ