News Category 2082/09/11
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बिहीबार आगलागि हुँदा दुई लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।
सो गाउँपालिका वडा नं. ३ गोविन्दपुरस्थित मुस्लिम टोलमा आगलागी हुँदा दुई लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
स्थानीय मो. रहमद मियाँको टिनको छानो र वरिपरि बाँसको टाटीले घेरिएको एकतले घरमा बिहीबार राति १०ः३० बजे विद्युत् तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आगलागीबाट धान २५ मन र चामल १० मन, लत्ताकपडा, भाँडावर्तन तथा सोफा सेट लगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ