News Category 2082/09/11
आगलागिमा दुई लाख भन्दा बढीको क्षति
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बिहीबार आगलागि हुँदा दुई लाख भन्दा बढी मुल्य बराबरको क्षति भएको छ ।
सो गाउँपालिका वडा नं. ३ गोविन्दपुरस्थित मुस्लिम टोलमा आगलागी हुँदा दुई लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको हो ।
स्थानीय मो. रहमद मियाँको टिनको छानो र वरिपरि बाँसको टाटीले घेरिएको एकतले घरमा बिहीबार राति १०ः३० बजे विद्युत् तार सर्ट भई अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार आगलागीबाट धान २५ मन र चामल १० मन, लत्ताकपडा, भाँडावर्तन तथा सोफा सेट लगायत घरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
- 2083/02/06 सडक निर्माणको माग गर्दै बाटो अवरुद्ध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ