News Category 2082/09/11
ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
दैनिक समाचारदाता
राजविराज, ११ पुस ।
पाँचौ जेष्ठ नागरिक दिवसको अवसर पारेर शुक्रबार ज्येष्ठ नागरिक जिल्ला संघ तथा पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीले संयुक्त रुपमा १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।
आयोजित ‘जेष्ठ नागरिक सम्मान कार्यक्रम’ मा सहभागी वक्ताहरुले जेष्ठ नागरिक समाजको प्रेरणाका स्रोत भएकोले उनीहरुको संरक्षण र उनीहरुबाट शिक्षा लिदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि समाजसेवी एवं जयेष्ठ नागरिक संघका जिल्ला अध्यक्ष रामनरेश सिंहले जेष्ठ नागरिक समाजका प्रेरणाका स्रोत भएकाले उनीहरुबाट शिक्षा लिदै भावी र वर्तमान पुस्ता अघि बढ्नुपर्नेमा जोड दिए ।
नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली ज्येष्ठ नागरिक देशकै सम्पति भएको जिकिर गर्दै उनीहरुको संरक्षणमा जोड दिए ।
ज्येष्ठ नागरिक संघ मधेश प्रदेशका पुर्व अध्यक्ष शंकर सारदाले जेष्ठ नागरिकको जिवन यापन सहज बनाउन परिवार, समाज, विभिन्न संघ संस्थाका साथै राज्यले पनि विशेष सहयोग गर्नुपर्नेमा जोड दिए ।
पुर्व कर्मचारी सेवा परिषद् नेपाल सप्तरीका अध्यक्ष चन्द्रदेव मेहताको अध्यक्षतामा आयोजित कार्यक्रममा समाजसेवी हितनाराण दास, पत्रकार महासंघ सप्तरीका पुर्व अध्यक्ष धीरेन्द्रप्रसाद साह लगायतले पनि शुभकामना दिदै जेष्ठ नागरिकको सुरक्षा र संरक्षणका लागि सबै मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा जयेष्ठ नागरिक जिल्ला संघले ८० बर्ष भन्दा माथिका ८ जनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा राजविराजका नन्दलाल साह, झौली नौनियाँ, विजय तातेड, मैना देवी जोशी, बरिष्ठ अधिवक्ताद्वय हिम्मत सिंह, रामकृष्ण गौतम तथा राजगढ गाउँपालिकाका फेकु दास छन् ।
यस्तै पुर्व कर्मचारी सेवा परिषद नेपालले सेवानिवृत्त भई ७८ बर्ष पुगेका ४ जना पुर्व कर्मचारीलाई सम्मान गरेको छ ।
सम्मानि हुनेहरुमा प्रयागलाल यादव, गंगालाल साह, गणेश प्रसाद साह र जगदीश मेहता छन् । उनीहरुलाई प्रमुख अतिथि सिंहले दोसल्ला तथा कदरपत्रबाट सम्मान गरेका थिए । कार्यक्रम सञ्चालन जेष्ठ नागरिक जिल्ला संघका सचिव बैद्यनाथ झाले गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/11 धार्मिक आस्था विरुद्धको अभिव्यक्तिले राजविराज तनाव
- 2082/09/11 ज्येष्ठ नागरिक प्रेरणाको श्रोत भएको भन्दै संरक्षणमा जोड
- 2082/09/11 आगलागिमा दुई लाख भन्दा बढीको क्षति
- 2082/09/10 सामाजिक संजालमा हिन्दु धर्मावलम्बी माथि गलत टिप्पणी गरेकालाई कारवाहीको माग
- 2082/09/10 पिकअप र चालकसहित ८ क्विन्टल ३२ किलो गाजा बरामद
- 2082/09/10 सप्तरीबाट अध्यक्ष महतोको नाम सिफारिस
- 2082/09/01 आमा, बुवा र दाजु गुमाएपछि दिदी–बहिनीको जीवन कष्टकर
- 2082/09/01 उज्यालो नेपाल पार्टीले सबै जिल्लामा उम्मेदवारी दिने
- 2082/09/01 पूर्व महाप्रबन्धक मेहता र समाजसेवी यादव काँग्रेसमा प्रवेश
- 2082/09/01 अक्षयकोषवाट बालवालिकालाई छात्रबृति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ