News Category 2082/09/25
दैनिक दुई उडान प्रचार मै सीमित
दैनिक समाचारदाता
राजविराज, २५ पुस ।
बुद्ध एयर व्यवस्थापनले राजविराज विमानस्थलबाट दैनिक दुई उडान गर्ने प्रचार गरेको १० महिना बितेको छ । तर, अहिले विमानस्थलबाट नियमित रुपमा एक मात्र उडान भइरहेको छ ।
बुद्ध एयर व्यवस्थापनले २०८१ साल चैत्त २९ गतेदेखि दैनिक दुई उडान गर्ने निर्णय सहित ब्यापक प्रचार प्रसार गरेको थियो । यसका लागी २०८१ साल मंसिर २९ गते नै तत्कालिन संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजविराज विमानस्थलबाट रात्री कालिन उडानको परिक्षण उडानको शुभारम्भ गरेका थिए ।
परिक्षण उडान पछि २०८१ साल चैत्त २९ गते देखी राजविराजबाट रात्रीकालिन उडान सूरु हुने बुद्ध एयरका व्यवस्थापन पक्षले जानकारी गाएका थिए । बुद्ध एयरले राजविराजबाट काठमाण्डौंका लागी दैनिक दिउसो १ बजे तीर एकमात्र उडान मार्फत सेवा प्रदान गर्दै आएकोमा यात्रुको चाप बढ्दै गएपछी एउटा थप उडानका लागी मन्त्री पाण्डेले रात्रीकालिन परिक्षण उडानको शुभारम्भ गरेका थिए ।
उडान परिक्षण सकिएपछि त्यत्तिवेला बुद्धएयरका ब्यवस्थापन पक्षले २०८१ चैत्र २९ बाट दिनको १२ः२५ र साँझको ६ बजे गरी दैनिक २ वटा उडान राजविराजबाट काठमाण्डौंका लागी प्रस्थान गर्ने समय तालिका नै सार्वजनिक गरेको थियो । तर अहिले आएर ट्राफिक, नोट, एक्सचेन्जर र फ्लाईटरहरुको उडान तालिका लगायतका विषयमा काठमाण्डौस्थित फ्लाईट विभागबाट अनुमती प्राप्त गर्न ढिलाई भएकाले रात्रीकालिन उडान सूरु गर्न समस्या भएको बुद्ध एयर व्यवस्थापन पक्षले जनाउन थालेका छन ।
बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजबंशीले विविध कारणले रात्रीकालिन उडान सूरु हुन ढिलाई भएको बताए । उनले अहिले चिसो मौसमका कारण एकमात्र उडान पनि प्रभावित भइरहेको भन्दै मौसम सुधार भएपछि रात्रीकालिन उडानका लागी आवश्यक पहल हुने बताएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ