News Category 2082/10/13
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित राष्ट्रिय प्राथमिक विद्यालय कोचाबखरीमा विपन्न विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकाबीच झोला तथा स्टेशनरी वितरण गरिएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले समाजिक उत्तरदायित्व अन्तर्गत १८२ जना विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाखाप्रमुख सूर्य नारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, कामना सेवा विकास बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरिराख्ने प्रतिबद्धता जनाए ।
छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारी, शिक्षा अधिकृत बिरेन्द्र कुसियैत, क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी, शाखा कर्मचारीहरु रतन प्रसाद यादव र उमाकान्त देव सहितकाले झोला र स्टेशनरी वितरण गरेका थिए ।
विद्यालय परिवार तथा स्थानीय समुदायले बैंकको यस सामाजिक पहलप्रति धन्यवाद दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
- 2082/10/13 विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
- 2082/10/13 नेशनल प्याब्सन सप्तरीका पुर्व अध्यक्ष साहको निधन
- 2082/10/13 रहेनन् पुराना काँग्रेसी भरत
- 2082/10/11 सप्तरीमा १ सय २ मध्ये २० जना महिला उम्मेदवार, पार्टीको टिकटबाट मात्र ७ जना तथा १३ जनाको स्वतन्त्र उम्मेदवारी
- 2082/10/09 सप्तरीको चार वटै निर्वाचन क्षेत्रमा रोचक प्रतिष्पर्धा हुने
- 2082/10/09 क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
- 2082/10/08 नगरपालिकाद्वारा विद्यार्थीलाई निःशुल्क पुस्तक प्रदान
- 2082/10/08 क्षेत्र नं. १ मा एकको उम्मेदवारी रद्द, २१ जनाको कायम
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ