News Category 2082/10/13
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण
दैनिक समाचारदाता
राजविराज, १२ माघ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित राष्ट्रिय प्राथमिक विद्यालय कोचाबखरीमा विपन्न विद्यार्थीहरुलाई सोमबार एक कार्यक्रमकाबीच झोला तथा स्टेशनरी वितरण गरिएको छ ।
कामना सेवा विकास बैंक लिमिटेड, राजविराज शाखाले समाजिक उत्तरदायित्व अन्तर्गत १८२ जना विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाखाप्रमुख सूर्य नारायण मुखियाले शिक्षा नै समाज र राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै, कामना सेवा विकास बैंकले भविष्यमा पनि शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा यस्ता कार्यक्रम सञ्चालन गरिराख्ने प्रतिबद्धता जनाए ।
छिन्नमस्ता गाउँपालिकाका उपाध्यक्ष राजु देवी यादव, वडा अध्यक्ष कपिलेश्वर साह, तथा विद्यालयका प्रधानाध्यापक जेनिफर अन्सारी, शिक्षा अधिकृत बिरेन्द्र कुसियैत, क्षेत्रीय कर्मचारी दुर्गा ध्वज अधिकारी, शाखा कर्मचारीहरु रतन प्रसाद यादव र उमाकान्त देव सहितकाले झोला र स्टेशनरी वितरण गरेका थिए ।
विद्यालय परिवार तथा स्थानीय समुदायले बैंकको यस सामाजिक पहलप्रति धन्यवाद दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
- 2083/01/31 नापी कार्यालयको रेकर्डमा गाउँब्लक जग्गा देखिएकाले सोही आधारमा लालपुर्जा वितरण प्रकृया सुरु गर्न सुझाव
- 2083/01/31 सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन
- 2083/01/31 वरिष्ठ अधिवक्ता कृष्णानन्द देवलाई “काशीराज गंगादेवी सम्मान” पुरस्कार प्रदान
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ