News Category 2072/01/12
अग्निपीडित परिवारलाई राहत प्रदान
दैनिक संवाददाता
राजविराज, ११ वैशाख ।
सप्तरीको रम्पुरा मल्हनिया गाविस ५ का अग्निपीडित परिवारलाई शुक्रबार एक संस्थाले राहत वितरण गरेको छ ।
हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब लालापट्टीद्वारा त्यहाँका ७४ अग्निपीडित परिवारलाई एक कार्यक्रमबिच राहत वितरण गरियो । अग्निपीडित परिवारलाई डेक्चि १ थान, कराई १ थान, पन्यु १ थान, थाल ५ थान, गिलास ५ थान, धोति २ थान, साडी २ थान, अन्य लत्ताकपडा र त्रिपाल १ थान प्रति अग्निपीडित परिवारलाई वितरण गरेका छन ।
सो राहत वितरण समारोहमा नेपाल सद्भावना पार्टीका केन्द्रिय संयुक्त महासचिव राजिव झा, पार्टीका केन्द्रिय सदस्य सुरेश सिंह, पार्टीका जिल्ला अध्यक्ष सुब्बु यादव, धर्मी हल्फा महिला विकास क्लब लालापट्टीका अध्यक्ष ई.सुर्य नारायण यादव, गाविस सचिव दशरथ मण्डल, पत्रकार शुभ नारायण यादव सहितकाहरुको सामुहिक रुपमा त्यहाँका ७४ परिवार अग्निपीडित परिवारलाई राहत वितरण गर्नुभयो ।
यसअघि विभिन्न ३० वटा संघ संस्थाहरुले त्यहाँका अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु प्रदान गरेका थिए ।
त्यस्तै त्यहाँ जिल्ला प्रशासन कार्यालय अन्तर्गत जिल्ला दैवी प्रकोप उद्धार समिति सप्तरीद्वारा प्रति अग्निपीडित परिवारलाई जनही ५ हजारका दरले ४३ परिवारलाई २ लाख १५ हजार राहत रकम वितरण गरेको प्रहरी चौकी रम्पुरा मल्हनियाका प्रहरी सहायक निरीक्षक मिन कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
यसैबिच त्यहाँका अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले ४३ जना अग्निपीडित परिवारलाई मात्र राहत प्रदान गरेकोमा स्थानीय अग्निपीडित परिवारहरुले आक्रोश ब्यक्त गरेका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ