News Category 2082/10/25
मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु, दुई घाइते
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
नगरपालिकाको वडा नं. १० जमुवा स्थित कठौना–पातो सडक खण्डमा शनिवार साँझ भएको दुर्घटनामा सोही ठाउँका ६८ बर्षीय रामबाबु मण्डलको मृत्यु भएको हो ।
कठौनाबाट राजपुरतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ५०४५ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मण्डल गम्भीर घाइते भएका थिए । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
सोही दुर्घटनामा मोटरसाइकल चालक शम्भुनाथ नगरपालिका ११ बस्ने २२ वर्षीय राम अवतार मण्डलको र पछाडि सवार सोही ठाउँका १६ वर्षीय विशाल कुमार मण्डल घाईते भएकोले दुवै जनाको सोही अस्पतालमा उपचार भईरहेको उनले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा रहेको र मोटरसाइकलमा पछाडि सवार १८ वर्षीय सुरज मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ