News Category 2082/10/25
स्रोत नखुलेको १३ लाख रकमसहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ माघ ।
मोटरसाइकलको फिल्टर बक्स र हेल्मेटमा लुकाई राखी ल्याउँदै गरेका स्रोत नखुलेको रकमसहित सप्तरी प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्लाको बलानबिहुल गाउँपालिकाबाट आइतबार स्रोत नखुलेको १३ लाख रकमसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका वडा नं. ४ घर भएका २३ बर्षीय हरिशंकर कुमार साहलाई पक्राउ गरेको हो ।
सो गाउँपालिकाको वडा नं.४ स्थित बेल्ही–चन्ही सडक खण्डमा आइतबार विहान ११ बजेतिर चेकजाँचको क्रममा उक्त रकमसहित साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बलानबिहुलस्थित बेल्हीदेखि चन्ही तर्फ गईरहेको प्र०२–०१–००२प४४८१ नम्बरको मोटरसाईकलमा फिल्टर बक्स र हेलमेटमा लुकाई छिपाई ल्याउँदै गरेको १३ लाख रुपैयाँ सहित साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिए ।
उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरीले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/11 “लेखनाथ आदर्श पुस्तकालय” को हल निर्माणका लागि प्रक्रिया सुरु
- 2082/12/10 मानव स्वास्थ्यको ख्याल गर्दै लामखुट्टे विरुद्धको विषादी छर्किनमा समस्या ः राविनपा
- 2082/12/10 सडक मापदण्डमा परेका संरचना डोजर लगाएर भत्काउन सुरु
- 2082/12/10 धुमधामका साथ मनाईदै चैती छठ
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ