News Category 2072/01/12
कोशी ब्यारेज कन्ट्रोल रुममा तालाबन्दी गर्ने
दैनिक संवाददाता
राजविराज, ११ वैशाख ।
विगत ६० वर्षदेखी बालिको क्षतिपुर्ति नपाएको भन्दै कोशी नदी कटान डुबान पीडित संघर्ष समितिले आगामी बैशाख १९ गते कोशी ब्यारेज कन्ट्रोल रुममा तालाबन्दी गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीले नेपाल सरकार मार्फत बारम्बार भारत सरकारसँग बालि क्षतिपूर्तीका लागि माग गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै अब सशक्त आन्दोलन स्वरुप कन्ट्रोल रुममा तालाबन्दी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई समेत जानकारी दिइसकेको संयोजक चौधरीले बताउँदै सोही दिन धर्ना र जुलुस सभाको कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।
सो संघर्षका कार्यक्रममा सप्तरी, उदयपुर र सुनसरीका कोशी पीडित परिवारहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । सो संघर्षका कार्यक्रम पश्चात् अनसन समेत बस्ने कार्यक्रम रहेको छ ।
वि.स.२०११ (१९५४इ.)को कोशी सम्झौता अनुसार बालि डुबान कटान, बालु बुर्ज समेत जग्गाको क्षतिपुर्ति जग्गा स्वामिहरुलाई दिने सम्झौता गरिएको छ । जुन सम्झौतामा भारत सरकारको जल संसाधन मन्त्री गुलजारी लाल नन्दा तथा नेपालका तर्फबाट सिंचाई मन्त्री महाबिर शमशेरको हस्ताक्षर रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ