News Category 2072/01/12
कोशी ब्यारेज कन्ट्रोल रुममा तालाबन्दी गर्ने
दैनिक संवाददाता
राजविराज, ११ वैशाख ।
विगत ६० वर्षदेखी बालिको क्षतिपुर्ति नपाएको भन्दै कोशी नदी कटान डुबान पीडित संघर्ष समितिले आगामी बैशाख १९ गते कोशी ब्यारेज कन्ट्रोल रुममा तालाबन्दी गर्ने निर्णय गरेको छ ।
संघर्ष समितिका संयोजक महिदेव प्रसाद चौधरीले नेपाल सरकार मार्फत बारम्बार भारत सरकारसँग बालि क्षतिपूर्तीका लागि माग गर्दा पनि कुनै सुनुवाई नभएको भन्दै अब सशक्त आन्दोलन स्वरुप कन्ट्रोल रुममा तालाबन्दी गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
सो सम्बन्धमा सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवलाई समेत जानकारी दिइसकेको संयोजक चौधरीले बताउँदै सोही दिन धर्ना र जुलुस सभाको कार्यक्रम समेत रहेको जानकारी दिनुभयो ।
सो संघर्षका कार्यक्रममा सप्तरी, उदयपुर र सुनसरीका कोशी पीडित परिवारहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो । सो संघर्षका कार्यक्रम पश्चात् अनसन समेत बस्ने कार्यक्रम रहेको छ ।
वि.स.२०११ (१९५४इ.)को कोशी सम्झौता अनुसार बालि डुबान कटान, बालु बुर्ज समेत जग्गाको क्षतिपुर्ति जग्गा स्वामिहरुलाई दिने सम्झौता गरिएको छ । जुन सम्झौतामा भारत सरकारको जल संसाधन मन्त्री गुलजारी लाल नन्दा तथा नेपालका तर्फबाट सिंचाई मन्त्री महाबिर शमशेरको हस्ताक्षर रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ