News Category 2082/10/29
नयाँ–नयाँ शैलीमा चुनावी प्रचार प्रसार
दैनिक समाचारदाता
राजविराज, २९ माघ ।
निर्वाचनको मिति नजिकिदै जाँदा सप्तरीमा उम्मेदवारहरु नयाँ नयाँ शैलीमा प्रचार प्रसार गर्न थालेका छन् । उनीहरु प्रचार प्रसार अन्तरगत घरदैलो, भेला, भेटघाट, पत्रकार सम्मेलन, रोड शो लगायतका गतिविधी गरेर मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।
यस क्रममा अहिले उम्मेदवारहरु आ–आफनो नेता÷कार्यकर्ताका साथ घरदैलो कार्यक्रम समेत गरिरहेका छन । कतिपय उम्मेदवारहरु मतदाताको घर र पसलमा मात्र होइन, खेतवारी, विवाह र प्रतियोगिता स्थलसम्म पुगेर मतदाता रिझाउने प्रयास गरिरहेका छन । तर कतिपय उम्मेदवारहरु फरक र अनौठो शैलीमा मतदाता रिझाउने प्रयासमा जुटेको रोचक दृष्यहरु पनि यहाँ देखिन थालेको छ ।
यस मध्ये एक हुन सप्तरीको क्षेत्र नं. २ मा नेपालका लागी नेपाली पार्टीका उम्मेदवार इन्द्रसागर गुप्ता । उक्त पार्टीका प्रत्यासी बनेका राजविराज ५ निवासी ४७ वर्षिय गुप्ता विहानै भोट माग्दै मतदाताको घरमा शंख बजाउदै पुग्ने गरेका छन । आफनो पार्टीको चुनाव चिन्ह शंख बोकेर मतदाताको घर÷घर पुग्नुलाई उनले दिनचर्या नै बनाएका छन । शंखको आवाज सुनेर घर बाहिर निस्कने मतदातालाई आफुलाई मतदिन आग्रहका साथ उनले नगद ५÷१० रुपैया र एक मुठ्ठि चामल समेत माग्ने गरेका छन ।
यसरी संकलन भएको रकम र चामललाई विपन्न समुदाय तथा साधु÷सन्तलाई वितरण गरेर चुनावमा विजयीका लागी आर्शिवाद थाप्ने गरेको उनको कथन छ । यसरी मत माग्दा चुनाव चिन्हको प्रचार तथा आफनो पक्षमा माहौल बनाउन सहज भएको उनको भनाई छ ।
घरदैलोका क्रममा हाल सम्म नगद २ हजार ५० तथा ५६ किलो चाम संकलन भएको र ती सबै साधु÷सन्त तथा विपन्न समुदायमा वितरण गरेको उनले जनाएका छन् ।
आफु जिते मुलुकलाई हिन्दु राष्ट्र बनाउने, मठमन्दिरमा पुजारीलाई तलबको व्यवस्था गर्ने, प्रत्येक घरधुरीलाई सय युनिट सम्मको विधुत निःशुल्क प्रदान गरिने, प्रत्येक विद्यालयमा गुरुकुल शिक्षा र गौशालाको व्यवस्था तथा ज्येष्ठ नागरिकलाई वर्षमा एक पटक निःशुल्क तिर्थाटन गराउने पार्टीको घोषणा पत्रका साथ चुनावी अभियानका उनी लागेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/05 राजविराज नगरपालिकाका कर्मचारी आन्दोलित, सम्पूर्ण कामकाज ठप्प
- 2083/02/05 छिन्नमस्ता सडकमा खाल्डै खाल्डा
- 2083/02/05 झण्डै २ लाख मुल्य बराबरको कपडा बरामद
- 2083/02/04 ट्राफिक व्यवस्थापन नहुँदा नगर अस्तव्यस्त
- 2083/02/03 छात्राहरुलाई साइकलसहित शैक्षिक सामग्री वितरण
- 2083/02/03 पाँच दशक पार गरेका जनचेतना माध्यमिक विद्यालयले स्वर्ण महोत्सव मनाउँदै
- 2083/02/03 नेपाल–भारत मैत्री संघद्वारा अग्नीपीडितलाई सहयोग
- 2083/02/03 सप्तरीका नायक अशोकद्वारा अभिनित नेपाली चलचित्र कुम्भ जेठ १५ देखी सिनेमाघरमा
- 2083/02/01 राजविराज नगरपालिका कार्यालयको योजना शाखाबाट ल्यापटप र आवश्यक कागजात चोरी
- 2083/02/01 अरुलाई असर नपर्ने गरि बाजा÷डिजे बजाई विवाह, चाडपर्व तथा अन्य साँस्कृतिक कार्यक्रमहरु गर्न अनुरोध
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ