News Category 2082/11/14
शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफ्नो चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका डा. राउतले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषयलाई प्रतिवद्धतापत्रमा समेटेका छन् ।
प्रतिवद्धतापत्रमा सप्तरीमा आईटी पार्क, कल सेन्टर, कोडिंग आर्मी, एसेम्बली लाईन, एआई, मधेश स्पेश सेन्टर जस्ता जनमत पार्टीले ल्याएको परियोजनाहरुलाई कार्यान्वयनमा ल्याएर हजारौं युवाहरुलाई रोजगारी दिने उल्लेख गरिएको छ ।
विगतका अधूरा योजनाहरु पुरा गर्नुका साथै ‘ग्राम उद्योग भवन’ को निर्माण सम्पन्न गराएर ग्रामीण महिलाहरुलाई आफ्नै गाउँमा रोजगार प्रदान गर्ने, मधेश कृषि विश्वविद्यालयको निर्माण कार्य सम्पन्न गराउने, साक्षरता कार्यक्रम संचालन गरी यस क्षेत्रलाई साक्षर बनाउने, क्षेत्रमा रहेका अस्पतालहरुको सेवा–प्रवाहलाई गुणस्तरीय बनाउने, सप्तरीलाई शिक्षा र स्वास्थ्यको हबको रुपमा विकास गर्ने योजनाहरु प्रतिवद्धता पत्र मार्फत अगाडी सारिएको छ ।
यस्तै कुनौलीमा ड्राइपोर्ट निर्माण गरी कुनौली–राजविराज–रुपनी औद्योगिक कोरिडोर बनाएर अगाडि बढ्दै कृषिलाई उद्योगसँग जोड्ने, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा लगानीकर्ता र उद्यमीलाई उद्योग खोल्न प्रोत्साहित गर्ने, कृषि विद्युतीकरणको योजनालाई कार्यान्वयन गर्दै खेत–खेतमा पानी पुग्ने गरी सिंचाईंको समस्यालाई समाधान गर्ने, किसानको लखादमा सहज पहुँचका लागि पहल गर्ने, छिन्नमस्ता भगवती स्थलमा भौतिक पूर्वाधार निर्माण गरी पर्यटन अभिवृद्धि गर्ने, यस क्षेत्रमा रहेका खाँडो, जीता, मुतनी, घोडदह, भलुवाही आदि नदीबाट हुने भु–कटान तथा बाढीको नियन्त्रण गरिने प्रतिवद्धतापत्रमा भनिएको छ ।
आम मतदाता माझ यही प्रतिवद्धता लिएर भोट मागिरहेको डा. राउतले बताए । उनले आफु विगतमा पनि जनताले चाहेको योजना अनुसार नै काम गरेको दावी गर्दै जनता उत्साहित रहेको विचार व्यक्त गरे ।
२०७९ मा सप्तरी २ बाट जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गर्दै डा. राउत निर्वाचित भएका थिए । यसपल्ट डा. राउत भने पुनः यसै क्षेत्रबाट दोहरिएर उम्मेदवारी दिएका छन् भने जसपा नेपालका अध्यक्ष यादव सप्तरी ३ बाट उम्मेदवार बनेका छन् ।
१ लाख ५ हजार ९ सय २२ मतदाता रहेको यस क्षेत्रमा नेपाली काँग्रेसबाट रामकुमार यादव, जसपा नेपालबाट उमेश कुमार यादव, नेकपा एमालेबाट मोहमद जियाउल रहमान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामजी यादव, नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यनाथ यादव, जनअधिकार पार्टीका अध्यक्ष शरत सिंह यादव सहित ३४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
- 2082/11/13 आप्mनो उम्मेदवारी निस्कृय पार्दै अर्का उम्मेदवारलाई समर्थन गर्ने क्रम बढ्दै
- 2082/11/13 फागुन १८ गते साँझ ७ बजेदेखी मदिरामा रोक, निर्वाचनको दिन बिहान ५ बजेदेखी ७ बजेसम्म यातायात बन्द
- 2082/11/13 विगतमा जनतासँग गरेको वाचा पुरा गर्न आफ्नो उम्मेदवारी ः दिनेश यादव
- 2082/11/12 सप्तरीमा निर्वाचन सुरक्षा कडा बनाईदै, चारैततिर कोशीको भंगालोले घेरिएको गोबरगाढामा संयुक्त सुरक्षाकर्मीको निगरानी
- 2082/11/12 बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
- 2082/11/12 दिदी घर जान्छु भन्दै हिडेका युवा पोखरीमा मृत फेला
- 2082/11/12 समाजसेवी दुगडको मृत्युपछि झिकियो आँखाको नानी
- 2082/11/12 सप्तरीको निर्वाचन सुरक्षामा सात हजार भन्दा बढी सुरक्षाकर्मी खटाइने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ