News Category 2072/01/17
भुकम्प पीडितका लागि राहत संकलन कार्य सुरु मधेशी मोर्चाद्वारा पहिलो दिन करिब ३५ हजार संकलन
दैनिक संवाददाता
राजविराज, १६ बैशाख ।
महाभुकम्पबाट पीडितहरुको सहयोगार्थ सप्तरीमा बुधबारदेखि संयुक्त लोकतान्त्रिक मधेशी सप्तरी मोर्चालगायत विभिन्न संघ संस्थाहरुले राहत संकल्न कार्य शुरु गरेको छ ।
मोर्चाका नेता तथा कार्यकर्ताहरुले सदरमुकाम राजविराजको विभिन्न स्थानमा राहत संकलन कार्य सुरु गरेको मोर्चाका नेता गजेन्द्र कुमार मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार बुधबार ३४ हजार ४ सय ७७ रुपैयाँ राहत स्वरुप संकल भएको छ ।
त्यस्तै बिहिबार पनि सदरमुकाम मै राहत संकल्न गर्ने तथा त्यसपछि सदरमुकामका बाहिरका बजार तथा ग्रामिण भेगहरुमा गरि सात दिनसम्म राहत संकल्न गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।
त्यस्तै नेपाल रेडक्रस सोसाईटी शाखा सप्तरी, राजविराज जेसिज, नेपाल मरवाडी युवक परिषद राजविराजको आयोजना तथा सप्तरी उद्योग वाणिज्य संघ, सगरमाथा पेट्रोलियम डिलर्स एशोसिएशन, सप्तरी ईटा ब्यवसायी संघ, सगरमाथा यातायात संघ, सगरमाथा ट्रक ढुवानी यातायात व्यवसायी संघ र निर्माण व्यवसायी संघ संयुक्तको संयोजनमा बुधबार राजविराजस्थित विभिन्न स्थानमा राहत संकलन गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ