News Category 2082/11/15
मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको ६ दिन मात्र बाँकी रहदा सप्तरीमा आफ्नो पक्षमा मत पार्न उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा लागिपरेका छन् ।
७२ घण्टै मौन अवधी सुरु हुनु अघि नै दलहरु मतदाता नजिक पुग्ने र आप्mनो पक्षमा मत पार्ने कार्यमा सम्पूर्ण शक्ती लगाउँदै छन ।
सप्तरी सदरमुकाम राजविराज समेत समेटिएको क्षेत्र नं. २ अन्तिम चरणको प्रचार प्रसारका क्रममा अहिले विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीच घर दैलोसंगै शक्ती प्रर्दशन गर्ने होडबाजी नै चलेको छ ।
यस क्षेत्रबाट जनमतका अध्यक्ष डा. सिके राउत, जसपा नेपालका उमेश कुमार यादव, रास्वपाका रामजी यादव, स्वभिमान पार्टीका सतिश कुमार सिंह, नेकपाका सुर्यनाथ प्रसाद यादव, उज्यालो नेपाल पार्टीका डा. दिपक चौधरी, नेपाली काँग्रेसका राम कुमार यादव, जनाधिकार पार्टीका डा.शरद सिह यादव, नेपाल जनता पार्टीका रन्जु ठाकुर तथा नेपाल राष्ट्रिय मुक्ती पार्टीका अनिस अन्सारी मुख्य प्रतिष्पर्धामा देखिएका छन ।
यस क्षेत्रमा मतदाता संख्या १ लाख ५ हजार ९ सय २२ छन । नयाँ शक्तिका रुपमा उदाएका रास्वपाको रामजी यादवले जनताले परिर्वतन र विकास चाहेको भन्दै अहिले शक्ती प्रर्दशन गर्ने क्रममा स्वफुर्त रुपमा जनताको सहभागिता बढ्ने गरेको बताए ।
साँसद नदोहो¥याउने क्षेत्रका रुपमा चिनिएको यस क्षेत्रमा २०७९ मा जितेका जनमत पार्टीका अध्यक्ष एवं सासद डा. सिके राउत जित दोहो¥याउने दाऊमा सबै शक्ति लगाएका छन । वडा वडामा कमिटी गठन गर्दै अघि बढेको उनी मौन अवधी सूरु हुनु अगावै शक्ति प्रर्दशन गरेर मतदाता आप्mनो पक्षमा पार्ने अन्तिम प्रयासमा जुटेका छन । कुनै बेला उनकै पार्टीमा रहेका पूर्व मुख्यमन्त्री सतिश कुमार सिंह, डा. शदर सिंह यादव र अनिस अन्सारी पनि यसै क्षेत्रबाट प्रतिष्पर्धामा छन ।
पूर्व मन्त्री उमेश कुमार यादव पनि यसै क्षेत्रबाट उम्मेदवार बनेका छन । मुख्य प्रतिष्पर्धामा रहेका उनीहरु पनि अन्तिम चरणको प्रचारमा सम्पुर्ण शक्ति लगाएर जित निकाल्न प्रयासरत छन ।
शक्ति प्रर्दशनका क्रममा दलहरुले घर दैलो, कोण सभा, जनसभा, मोटरसाईकल ¥याली, स्टार प्रचारक डकुमेन्ट्री लगायतका विधी प्रयोग गरेको पाइएको छ । शक्ति प्रर्दशनका क्रममा विभिन्न दलका उम्मेदवारको जुलुसमा देखिने भीडले मतदाता अलमलमा पर्ने गरेका छन । यद्धपी अधिकांश मतदाताले कसलाई मतदान गर्ने भन्ने विषयमा सोच बनाईसकेको र फागुन २१ गतेको निर्वाचन पछी खुल्ने स्थानीय मतदाताहरुको भनाई छ ।
कुल ३४ उम्मेदवार रहेको यस क्षेत्रमा राजविराज नगरपालिकाका साथै छिन्नमस्ता, महादेवा र तिलाठी कोइलाडी गाउँपालिका पर्दछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ