News Category 2082/11/18
लागुऔषध गाँजासहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १८ फागुन ।
सप्तरीको बलानबिहुल गाउँपालिकाबाट प्रहरीले लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।
गाउँपालिकाको वडा नं. २ स्थित दिगियाबाट आईतबार राति विशेष सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले किशुन देव यादवको निर्माणाधीन तीनतले पक्की घरबाट ५८ किलो लागूऔषधसहित दुईजनालाई नियन्त्रणमा लिएको हो ।
घटनास्थलबाट घरधनी ४५ वर्षीय किशुन देव यादव र घरको दोस्रो तल्लामा सुतिरहेका ४५ वर्षीय सुरेन्द्र यादवलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीको कमाण्डमा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि धनुषाबाट खटिएका प्रहरी निरीक्षक खेमप्रसाद नेपालको नेतृत्वमा खटिएको टोलीले यादवको निर्माणाधीन तीनतले पक्की घरमा खानतलासी गरेको थियो ।
सो क्रममा घरको तल्लो तलाबाट सेतो प्लास्टिकका तीन बोरा भित्र राखिएको गाँजाजस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
पक्राउ परेका दुवै व्यक्ति, बरामद गाँजा तथा घटनासम्बन्धी सामग्री आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/03 बीमा बोर्डका कार्यकारी निर्देशक डा. पौडेलको काज फिर्तासँगै गजेन्द्र नारायण सिंह अस्पतालमा सरुवा
- 2083/01/03 भूपु सैनिक सम्मेलनमा चार जना सन्तानलाई सैनिक सेवामा सहभागी गराउने जितनी देवी सम्मानित
- 2083/01/03 त्रियुगा खोलाको भङ्गालोमा घोघि टिप्न गएकी महिला मृत फेला
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ