News Category 2072/01/20
लौनियाका अग्निपीडित परिवारलाई राहत प्रदान
राजविराज÷सप्तरीको लौनिया गाविस ४ का अग्निपीडित परिवारलाई शनिबार हेल्प नेपाल नेटवर्क काठमाण्डौको सहयोग तथा धर्मी हल्फा महिला विकास क्लब लालापट्टीद्वारा त्यहाँका ५ अग्निपीडित परिवारलाई राहत वितरण गरिएको छ ।
अग्निपीडित परिवारलाई डेक्चि १ थान, कराई १ थान, पन्यु १ थान, थाल ५ थान, गिलास ५ थान, धोति २ थान, साडी २ थान, अन्य लत्ताकपडा र त्रिपाल १ थान प्रति अग्निपीडित परिवारलाई वितरण गरेको छ ।
सो राहत वितरण समारोहमा क्लबका अध्यक्ष इं. सूर्यनारायण यादव, समाजसेवी सिबु यादव, पत्रकारद्वय शुभ नारायण यादव, बिन्दु यादव, प्रहरी चौकी तिलाठीका असई रामभोज यादव सहितकाहरुको सामुहिक रुपमा त्यहाँका पाँच अग्निपीडित परिवारलाई राहत वितरण गर्नुभयो ।
यसअघि सप्तरीको लौनिया गाविस वडा न. ४ मा शुक्रबार दिउँसो आगलागी पाँच परिवारको एक दर्जन घर जलेर नष्ट हुँदा करिब ३० लाख मुल्य बराबरको क्षति भएको छ ।
गहुँ दाउँन गर्ने क्रममा थ्रेसरबाट स्थानीय चन्द्र नारायण मण्डलको घरबाट अचानक सल्केको आलागिमा परी मण्डलसहित छिमेकी बिन्देश्वर रजक, भरत रजक, भुवनेश्वर रजक, गोसाई रजक सहितको एक दर्जन घर जलेर सो मुल्य बराबरको क्षति भएको प्रहरी चौकी तिलाठीका असय रामभोज यादवले जानकारी दिनुभयो ।
आगलागी निभाउँने क्रममा स्थानीय २७ वर्षिया पार्वती देवी रजक सख्त घाईते भएकी छिन । घाईते महिलाको हाल राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भईरहेको छ ।
यसैबीच स्थानिय गोसाई रजकको २ लाख ५० हजार नगद र बिन्देश्वर साफिको २ लाख नगद जलेर नष्ट भएको पीडितहरुले बताएका छन् । उनीहरु दुबैले छोरालाई विदेश पठाउनका लागि सो रकम राखेका थिए ।
आगलागी स्थानीयबासी, सशस्त्र र जनपद प्रहरी तथा राजविराजबाट गएको बारुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ