News Category 2072/01/24
८ वर्षिया नाबालिका १३ वर्षिय नाबालकद्वारा बलात्कार
दैनिक संवाददाता
राजविराज, २३ वैशाख ।
सप्तरीमा पुनः एक नाबालिकाको बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
८ वर्षीया सो बालिकाको झुटकी गाविसका १३ वर्षीय नाबालकबाटै बलात्कृत भएकी हुन् । घटना गत विहीवारको भएपनि पीडितका आफन्तजनले बुधबार पत्रकार सम्मेलन गरी सो जानकारी दिएका छन् ।
स्थानियस्तरमै मिलापत्र गराउने प्रयास गरिएका कारण घटना सार्वजनिक गर्न ढिलाई भएको हो । मिलापत्रबाट समस्या समाधान नभएपछि तथा प्रहरीले पक्राउ गरिसकेका अपराधिलाई छाडेपछि पीडित पक्षले पत्रकार सम्मेलन मार्फत घटना सार्वजनिक गरेका हुन ।
पत्रकार महासंघ सप्तरीको कार्यालयमा पत्रकार सम्मेलनको आजोजना गरी पीडित बालिकाकी आमाले छोरीको अवस्था नाजुक बन्दै गएको र पक्राउ परेका अपराधीलाई पनि प्रहरीले नावालक भएको भन्दै अभिभावकलाई जिम्मा लगाएपछि बाध्य भई आफूले घटना सार्वजनिक गरेको बताइन् ।
भंैसी चराउन गएकोबेला गत विहीबार दिउसो २ बजेतिर छोरीको बलात्कार भएको उनले बताइन् । एक्लै देखेपछि १३ वर्षिय जितेन्द्र यादवले हातबाँधी मुखथुनेर जबरजस्ती करणी गरेको उनले अरोप लगाइन् ।
घर फर्किन ढिलो भएपछि खोज्दै जाँदा गाउँ नजिकैको चउरमा छोरी नाङ्गो र बेहोस अवस्थामा फेला परेको उनले जानकारी दिइन् । तत्कालै छरछिमेकीको सहयोगमा छोरीलाई गाउँकै स्वास्थ्य चौकीमा पु¥याएको पीडितकी आमाले बताइन् ।
गाउँमै प्रारम्भिक उपचारपछि सदरमुकाम राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा थप उपचार गरीएको उनको भनाई थियो । ।
इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी निरीक्षक छेदीलाल कामतीले घटनाबारे आवश्यक अनुसन्धान भईरहेकोले अनुसन्धानपछि मात्र सबै कुरा सार्वजनिक गर्ने बताएका छन् । उनले जीतेन्द्रलाई हिरासतमा राखेपनि नावालक भएका कारण सप्तरी जिल्ला अदालतको आदेश अनुसार हाल उनलाई अभिभावकको जिम्मा लगाईएको र अनुसन्धानको क्रममा आवश्यक परे जुनसुकै बेला पनि हाजिर गराउने बताए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ