News Category 2072/01/26
शहिदका आमा बुबाद्धारा सप्तरीका अग्निपीडित परिवारलाई राहत वितरण
दैनिक संवाददाता
राजविराज, २५ वैशाख ।
सप्तरीका अग्निपीडित परिवारलाई शहीद रमेश महतोको आमा र बुबाले राहत स्वरुप विभिन्न राहतका सामग्रीहरु वितरण गरिएको छ ।
मधेशका शुभचिंतकहरुले सप्तरीका अग्निपीडितको लागि उपलब्ध गराएको राहत सामग्री मधेश इनिशिएटिभ्सको पहलमा सप्तरीको रम्पुरा मलहनिया गाविसका ४४ परिवार र पडेमाराका ३४ जना अग्निपीडित परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरिएको हो ।
धनुषाका रामशंकर महासेठको परिवारले १ लाख ५१ हजार मुल्य बराबरको लताकपडा तथा २५ हजार नगद राहत स्वरुप उपलब्ध गराएपछि ”युथ अफ मधेश” नामक संस्था र प्रमोद जयसवालको संयोजकत्वमा दाताहरुबाट १ लाख १९ हजार २ सय ८१ रुपैयाँ राहत संकलन गरी सप्तरीका अग्निपिडित परिवारलाई राहत वितरण गरेका छन ।
त्यस्तै जिल्लाको लौनिया गाविसका ५ जना अग्निपीडित परिवारलाई समेत राहत वितरण गरिएको मधेश इनिशीएटिभ्स्का अध्यक्ष ई.दीपक कुमार साहले जानकारी दिनुभयो ।
सो राहत सामग्री र नगद मधेश आन्दोलनका शहीद रमेश महतोको पिता रवि महतो र माता श्रीमती रानो देवीको हातबाट वितरण गरिएको थियो, भने शहीद परिवारलाई समेत ६ हजार राहत उपलब्ध गराइएको थियो । त्यस्तै आगलागीबाट मृत्यु भएका स्थानीय चलितर सरदारको परिवारलाई रु.१० हजार नगद राहत उपलब्ध गराइएको छ ।
गत चैत्र २६ गते सप्तरीको रम्पुरा मल्हनियाँ गाविसमा भएको भिषण आगलागीबाट स्थानीय ५० परिवारको झण्डै डेढ सय भन्दा बढी घर जलेर करोडौको क्षति भएको थियो भने चैत १२ गते बिहीबार जिल्लाकै कञ्चनरुप नगरपालिका वडा नम्वर–६ स्थित पडेमारा टोलको दलित बस्तीमा भिषण आगलागी हुँदा ३४ परिवारको करीब ८० घर जलेर नष्ट हुनुका साथै आगोमा जलेर चलितर सरदारको मृत्यु समेत भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ