News Category 2072/01/26
सप्तरी र सिरहामा सवारी दुर्घटनामा दुईको मृत्यु
दैनिक संवाददाता
सप्तरी, २५ बैशाख ।
सप्तरी र सिरहाको दुई छुट्टाछुट्टै स्थानमा शुक्रबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
यसैक्रममा पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिका १ मा मोटरसाईकलबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
जनकपुरबाट विराटनगरतर्फ जाँदै गरेको ज.६ प ७१०७ नम्बरको मोटरसाईकलको पछाडी सवार जनकपुर नगरपालिका ८ निवासी राम कुमार सिंहकी अन्दाजी ५० वर्षिया श्रीमति मालती देवी सिंहको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार भई श्रीमान श्रीमति दुवै जना विराटनगरतर्फ जाँदै गरेको अवस्थामा शम्भुनाथ नगरपालिका १ स्थित जिर्ण सडकका कारण अचानक मोटरसाईकलबाट लडेर सख्त घाईते भएकी मालतीको रायपुरस्थित युनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।
यसैबचि मोटरसाईकल चालक एवं मृतक महिलाकी श्रीमान राम कुमारलाई हाल प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
त्यसैगरी सिरहाको चोहर्बामा भारतीय स्कारपियोको ठक्करबाट एक साइकल यात्रुको मृत्यु भएको छ ।
पुर्व पश्चिम लोकमार्ग अन्तर्गत सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चौक चोहर्बामा पश्चिमबाट पूर्वतर्पm जाँदै गरेको बीआर ३२ के ६०५४ नम्बरको भारतीय स्कारपियोले सोहि दिशाबाट आउँदै गरेको साइकल यात्रुलाई शुक्रबार बिहान ठक्कर दिँदा निजको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक संतोष निरौलाले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा सिरहाको गोलबजार ११ बलकबा बस्ने अन्दाजी २९ बर्षीय लाल बाबु लहेरी रहेको प्रहरीले जनाएको छ । स्कारपियो र साइकल एउटै दिशाबाट आईरहेको समयमा साइकलको पछाडीमा सबार रहेको लहेरी साइकलबाट ओर्लिदा पछाडीबाट आएको स्कारपियोले निजलाई ठक्कर दिएको थियो ।
यसैबिच स्कारपियोको ठक्करबाट गम्भिर घाइते भएका लहेरीको उपचारको क्रममा लहानमा मृत्यु भएको प्रहरीले जनाएको हो । यता, ठक्कर दिने स्कारपियो र चालक भारत मुझ्प्mरपुर बस्ने २५ बर्षीय अबधेश यादब प्रहरीको नियन्त्रणमा रहेको निरिक्षक निरौलाले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/11 भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
- 2082/05/11 अशक्त तथा अस्पताल भर्ना रहेका जेष्ठ नागरिकलाई परिचयपत्र नविकरण
- 2082/05/11 जसपा नेपालका नेता दिपक यादवको निधन
- 2082/05/10 जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
- 2082/05/10 तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
- 2082/05/09 जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
- 2082/05/09 वैदेशिक रोजगारीमा मलेशियामा रहेका रुपनीका एक युवकको मृत्यु
- 2082/05/09 मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
- 2082/05/08 खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
- 2082/05/08 महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ