News Category 2072/01/27
मधेशीहरु एकजुट भएर अगाडी बढ्न आग्रह
राजविराज÷मधेशीको अधिकार सुनिश्चित्ताका लागि सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर तन, मन र धनका साथ अगाडी बढनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
नेपाल मधेशी निजामती कर्मचारी मंच सप्तरीको शनिबार तेश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
मंचका जिल्ला अध्यक्ष अजय झाको अध्यक्षता तथा मंचका केन्द्रिय अध्यक्ष बिनोद कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा मंचका केन्द्रिय सदस्य हरी नारायण मण्डल, मंचका केन्द्रिय सल्लाहकार अर्जुन कुमार यादव, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादव, गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव सहितका बक्ताहरुले मधेशीको अधिकार प्राप्तिका लागि सम्पुर्ण मधेशीहरु आ–आप्mनो ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाउँनुभयो ।
त्यस्तै सोही कार्यक्रममा संयुक्त सप्तरी नागरिक अभियानका सहसंयोजक विष्णु कुमार मण्डल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, गाविस सचिव हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष भागवत यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तमलोपाका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, फोरम लोकतान्त्रिकका सचिव भोगेन्द्र चौधरी, मंचका छोटे लाल यादव, छेदी यादव, सुरेश पण्डित लगायतका बक्ताहरुले राज्यले मधेशमाथि विभेद गरेको भन्दै त्यस विरुद्ध कडा रुपमा अगाडी बढ्न सम्पुर्ण मधेशीहरुलाई अनुरोध समेत गर्नुभयो ।
यसैबिच सोही कार्यक्रममा सेवा निवृत निजामती कर्मचारीहरु जिल्ला पशु सेवा कार्यालयका देव नारायण यादव, नव अधिकृत रामकृष्ण यादव, सहायक वन अधिकृत रामकृष्ण यादव र मुचनी देवी देवलाई दोसल्लाह ओढाएर प्रमुख अतिथिद्वारा सम्मानित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ