News Category 2072/01/27
मधेशीहरु एकजुट भएर अगाडी बढ्न आग्रह
राजविराज÷मधेशीको अधिकार सुनिश्चित्ताका लागि सम्पुर्ण मधेशीहरुलाई एक जुट भएर तन, मन र धनका साथ अगाडी बढनुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
नेपाल मधेशी निजामती कर्मचारी मंच सप्तरीको शनिबार तेश्रो जिल्ला अधिवेशनको उद्घाटन समारोहमा सहभागि बक्ताहरुले सो कुरामा जोड दिएका हुन् ।
मंचका जिल्ला अध्यक्ष अजय झाको अध्यक्षता तथा मंचका केन्द्रिय अध्यक्ष बिनोद कुमार सिंहको प्रमुख आतिथ्यमा आयोजित सो उद्घाटन समारोहमा मंचका केन्द्रिय सदस्य हरी नारायण मण्डल, मंचका केन्द्रिय सल्लाहकार अर्जुन कुमार यादव, जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा.काशीनाथ यादव, मधेशी पत्रकार संघका अध्यक्ष श्याम सुन्दर यादव, गाविस सचिव हकहित संरक्षण केन्द्रका केन्द्रिय उपाध्यक्ष राम कुमार यादव सहितका बक्ताहरुले मधेशीको अधिकार प्राप्तिका लागि सम्पुर्ण मधेशीहरु आ–आप्mनो ठाउँबाट लागिपर्ने प्रतिवद्धता जनाउँनुभयो ।
त्यस्तै सोही कार्यक्रममा संयुक्त सप्तरी नागरिक अभियानका सहसंयोजक विष्णु कुमार मण्डल, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रकाश खतिवडा, गाविस सचिव हकहित संरक्षण केन्द्रका जिल्ला अध्यक्ष भागवत यादव, सद्भावना पार्टीका अध्यक्ष सुनिल कुमार झा, तमलोपाका अध्यक्ष रामप्रित यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष गजेन्द्र कुमार मण्डल, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष नरेन्द्र यादव, फोरम नेपालका अध्यक्ष दिनेश कुमार यादव, फोरम लोकतान्त्रिकका सचिव भोगेन्द्र चौधरी, मंचका छोटे लाल यादव, छेदी यादव, सुरेश पण्डित लगायतका बक्ताहरुले राज्यले मधेशमाथि विभेद गरेको भन्दै त्यस विरुद्ध कडा रुपमा अगाडी बढ्न सम्पुर्ण मधेशीहरुलाई अनुरोध समेत गर्नुभयो ।
यसैबिच सोही कार्यक्रममा सेवा निवृत निजामती कर्मचारीहरु जिल्ला पशु सेवा कार्यालयका देव नारायण यादव, नव अधिकृत रामकृष्ण यादव, सहायक वन अधिकृत रामकृष्ण यादव र मुचनी देवी देवलाई दोसल्लाह ओढाएर प्रमुख अतिथिद्वारा सम्मानित गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2081/03/17 काठले घेरेर स्थानीयले सडक अवरुद्ध पारे
- 2081/03/17 प्रेस युनियनद्वारा महासंघमा धर्ना
- 2081/03/17 पशुपालनतर्फ बिना ब्याज ५० प्रतिशतसम्म ऋण दिने ब्यवस्था छ ः अध्यक्ष मण्डल
- 2081/03/15 युवाहरुले सडकमै धान रोपे
- 2081/03/15 मन्सापुरमा धान दिवस मनाइयो
- 2081/03/15 प्रेस युनियनद्वारा महासंघको सप्तरी शाखामा तालाबन्दी
- 2081/03/14 ६ महिनाको अवधीमा सप्तरीमा दुई महिलासहित ९ जनाको हत्या
- 2081/03/13 जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
- 2081/03/13 सामी परियोजनाको वार्षिक समिक्षा गोष्ठी सम्पन्न
- 2081/03/12 खाँडो र जिता नदीमा आएको बाढीले सप्तरीका दुई सय भन्दा बढी घर डुवानमा
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ