News Category 2072/01/28
१ सय ५२ विद्यालय बन्द भएमा करिब ५० हजार विद्यार्थी प्रभावित हुने
दैनिक संवाददाता
राजविराज, २७ बैशाख ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले पाँच दिन भित्र बिना अनुमतिका संचालित १ सय ५२ वटै विद्यालयहरुलाई बन्द गर्न सार्वजनिक सूचना पत्रिका मार्फत प्रकाशन गरेपछि ती विद्यालयहरुका संचालकहरुले सो कार्यको बिरोध गर्दै संघर्षमा उत्रने जनाएको छ ।
सप्तरी जिल्लामा अनुमति बिना संचालित १ सय ५२ वटा विद्यालयहरुको तर्फबाट आईतबार नेपाल पत्रकार महासंघ सप्तरीमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा शुभम रिलायन्स एकेडेमी राजविराज ९ का संचालक नवीन कुमार मिश्रले जिल्ला शिक्षा कार्यालय कसैको उस्काहटमा यस्तो कार्यहरु गरिरहेको आरोप लगाउँदै यदी १ सय ५२ वटा विद्यालयहरु बन्द भएमा करिब ५० हजार विद्यार्थीहरु प्रभावित हुने बताउनुभयो ।
उहाँले जिल्लाका ५० हजार विद्यार्थीहरु प्रभावित हुनुका साथै झण्डै ५ हजार शिक्षकहरु समेत बेरोजगार हुने बताउँदै संचालकहरुको करोडौंको लगानी समेत खेर जाने जानकारी दिनुभयो ।
सोही पत्रकार सम्मेलनमा आरडी मेमोरियल इंगलिस बोर्डिङ्ग स्कुल कंचनरुप नगरपालिका ७ का संस्थापक शिक्षक प्रकाश कुमार दासले मुलुकको अन्य ७४ जिल्लामा अनुमति दिएपनि जिल्ला शिक्षा कार्यालय सप्तरीले अनुमति दिन तयार नरहेको जानकारी दिदै प्रक्रिया पु¥याएर अनुमति दिनुपर्ने माँग गर्नुभयो ।
उहाँले अनुमति नदिएपछि ती विद्यालयहरुको अपग्रेडमा समेत ठुलो समस्या देखिएको बताउँदै अविलम्व आफुहरुको माँग पुरा नभए जिल्ला शिक्षा कार्यालय सप्तरी विरुद्ध चरणवद्ध आन्दोलनमा जाने उद्घोष समेत गर्नुभयो ।
त्यस्तै विद्यालयलाई अनुमति दिनु थिएन भने जिल्ला शिक्षा कार्यालय सप्तरीले बर्षौ विद्यालय माँग फारम किन खोलेको भन्दै मुलुकको ७४ जिल्लामा अनुमति दिईने तथा सप्तरीमा मात्र किन अनुमति नदिने भनेर आयोजित पत्रकार सम्मेलन मार्फत प्रश्न समेत उहाँले गर्नुभयो ।
हाल शैक्षिक सत्र २०७२ को एक महिना बित्तिसक्दा पनि जिल्ला शिक्षा कार्यालयबाट कुनै किसिमको अनुगमन नगरी अन्य विद्यालयहरुको बहकाउमा लागेर अनावश्यक झुठा प्रचारबाजी गरेको आरोप समेत उहाँले लगाउँनुभयो ।
यसैगरी सोही पत्रकार सम्मेलनमा राजाजी जनजागरण एकेडेमी कंचनरुप नगरपालिका १० का सरोज कर्णले शिक्षा विभागबाट अनुमति दिनु भनि पत्र जिल्ला शिक्षा कार्यालय सप्तरीमा आएपनि जिशिकाले पत्र झुठो हो भनि अनुमति नदिएको भन्दै जिल्ला शिक्षा कार्यालय सप्तरीले विभिन्न संगठनहरुको ईशारामा चलिरहेको विद्यालयलाई बन्द गर्ने कार्य गरेको आरोप लगाउँनुभयो ।
साथै जिल्लाका १ सय ५२ वटा विद्यालय र यसका मातहतमा रहेका ५० हजारको हाराहारी विद्यार्थी तथा ५ हजारको हाराहारीमा काम गरी आप्mनो दैनिकी गुजारा गर्ने शिक्षक शिक्षिका तथा कर्मचारीहरु र करोडौको लगानी गरेका विद्यालयहरुको भविष्य अन्यौलमा पारेको भन्दै जनताको मौलिक हक र अधिकारलाई जिल्ला शिक्षा कार्यालय सप्तरीले कुण्ठित समेत गरेको आरोप लगाउँनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ