News Category 2072/01/28
अनुमति लिन चाहने विद्यालयहरुको संघर्ष समिति गठन
दैनिक संवाददाता
राजविराज, २७ बैशाख ।
अनुमति लिन चाहने विद्यालय संस्थापकहरुको एक भेलाले आइतबार ११ सदस्यीय संघर्ष समिति गठन गरेको छ ।
नविन मिश्रको संयोजकत्वमा गठित सो समितिको सहसंयोजकमा प्रकाश कुमार दास, सचिवमा राजकिशोर महतो, कोषाध्यक्षमा सरोज कर्ण तथा सदस्यहरुमा उमाकान्त चौधरी, बिनोद कुमार यादव, संजिव कुमार झा, रामकुमार गुप्ता, बैजनाथ प्रसाद साह, दिपेन्द्र प्रसाद यादव, शुशिल कुमार मण्डल रहेका छन् ।
त्यसैगरि सल्लाहकारहरुमा विभाष मिश्र, सतेन्द्र प्रसाद देव र प्रेस सल्लाहकारमा शिवनारायण साह (सुरज) रहनु भएको छ ।
यसअघि जिल्ला शिक्षा कार्यालय सप्तरीले स्थानिय पत्रिका मार्फत आइतबार बिना अनुमति संचालनमा रहेका विद्यालयहरु ५ दिन भित्र बन्द गर्न सूचना प्रकाशित गरेपछि उनीहरु आन्दोलित भएका हुन् ।
नवगठित संघर्ष समितिका संयोजक र सचिवद्वारा आइतबार जारि विज्ञप्तिमा अनुमति बेगरको विद्यालयहरुलाई संगठित गरेर अनुमतिका लागि नेपाल सरकारका सरोकारवाला निकायहरुमा ज्ञापन पत्र दिने र अनुमतिका लागि पूर्वाधार र योग्य विद्यालयहरुलाई अनुमति दिलाउनका लागि आवश्यक पहल गर्ने निर्णय गरेको उल्लेख छ ।
यस्तै सोही विज्ञप्तिमा शिक्षा कार्यालय सप्तरीले जारि गरेको ५ दिने अल्टिमेटम फिर्ता लिन समेत माग गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ