News Category 2072/01/30
भूकम्पबाट ५० भन्दा बढीको मृत्यु एक हजार बढी घाइते सप्तरीमा एक महिला प्रहरीसहित सात घाइते
दैनिक संवाददाता
राजविराज, २९ बैशाख ।
महाप्रलयकारी भूकम्प आएको १७ दिनपछि पुनः १८ औं मंगलबार १२ बजेर ५० मिनेटमा ६.८ रेक्टरको भूकम्प दोलखा र सिन्धुपालचोकलाई केन्द्र बिन्दु भएर गएको छ ।
सो भूकम्पका गएको १७ दिन बितिसक्दा मानिसहरुमा भूकम्पको त्रास कम हुँदै जाँदा मंगलबार गएको भूकम्पका कारण मानिसहरु पुनः त्रासित भएका छन् ।
मंगलबार गएको भूकम्पमा परि ५० जना बढीको मृत्यु भएको छ भने एक हजार भन्दा बढी घाइते भएका छन् ।
यता मंगलबार गएको भूकम्पबाट सप्तरीमा एक महिला प्रहरीसहित सात जना घाइते भएको सप्तरीका प्रमुुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।
घाइते मध्ये सप्तरीको रायपुर गाविस ८ स्थित एक घरको छतबाट हामफलेर तीन जनाको हात, खुट्टा भाँचेको छ । उनीहरुको हाल धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
यस्तै सितापुर ८ का सबिता खंगको घरको पर्खाल खसेर हात भाचेको छ भने सिम्रहा सिगियौन गाविस निवासी ३० वर्षिय रामपृत यादवको पनि पर्खाल खसेर दाहिने खुट्टा भाचेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
यसैगरि कंचनरुप नगरपालिका ८ निवासी ४३ वर्षिया रामकुमारी पुलामी उम्लेको पानी जिउमा खस्दा गम्भिर घाइते भएकी छिन् । यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत एक जना महिला प्रहरी भुकम्प गएको बेला भागदौडमा परि बेहोस भएकी छिन् । उनको हालसम्म पनि होस खुलेको छैन् । दुबै महिलाको राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै जिल्लाका विभिन्न घरहरुमा व्यापक क्षति भएको छ । यता राजविराज नगरपालिका वडा नं. ५ रुपनी रोडस्थित गंगराम यादवको घरको पर्खाल भूकम्पबाट चर्केको छ भने सोही वडाका अधिवक्ता रामअशिष प्रसाद सिंहको घरको पर्खाल समेत चर्केको छ । यस्तै सोही वडा विशेश्वर प्रसाद चौधरी, पूर्व जिशिअ बिजयकुमार गुप्ता र पत्रकार अनिलकुमार अनलको घर समेत भूकम्पबाट घरको पर्खाल चर्केको छ ।
यता भूकम्पबाट भएको भौतिक क्षतिको अन्य विवरण आउने क्रम जारि रहेको प्रजिअ यादवले जानकारी दिनुभयो ।
यसअघि बैशाख १२ गते गएको भूकम्पमा सप्तरीमा १२ जना घाइते भएका थिए भने कुनै पनि मानविय क्षति भएको थिएन् ।
गत बैशाख १२ गते शनिबारका दिन ११ बजेर ५६ मिनेट जाँदा ७.८ रेक्टरको नेपालमा गएको महाभूकम्पका कारण ८ हजार भन्दा बढीको मृत्यु भइसेकेकोे छ भने १५ हजार भन्दा बढी घाइते भएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/30 प्रशासकीय भवन सार्ने विषयमा जनप्रतिनिधिहरु बीचमै विवाद
- 2082/12/23 पत्रकार महासंघद्वारा सरकारको पछिल्लो विज्ञापन नीति खारेज गर्न माग, सञ्चारमाध्यमहरू बन्द भए हजारौं पत्रकार तथा सञ्चारकर्मी र सञ्चारक्षेत्रमा जोडिएकाहरु प्रत्यक्ष रूपमा प्रभावित हुने
- 2082/12/23 गाईको मासुसहित एक पक्राउ
- 2082/12/23 तीन स्थानमा भएको आगलागिमा ६ लाख ७३ हजार ५ सय मुल्य बराबरको क्षति
- 2082/12/22 शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा बिदा
- 2082/12/22 मर्मत सम्भारको माग गर्दै चक्काजाम
- 2082/12/20 कान उपचार केन्द्रको नवनिर्मितको उद्घाटन, नेपालमा १८ प्रतिशत जनता कान रोगबाट ग्रसित
- 2082/12/20 गैरकानुनी रुपमा रकम असुल्ने कार्यमा संलग्न व्यक्तिलाई कार्यालय प्रवेशमा निषेध
- 2082/12/20 आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा विद्यालय संचालक र कर्मचारी पक्राउ
- 2082/12/20 मोटरसाइकल चोरी घटनामा तीन युवक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ