News Category 2072/01/31
नीजि विद्यालयहरुको संघर्ष समितिद्वारा प्रदर्शन
दैनिक संवाददाता
राजविराज, ३० बैशाख ।
अनुमति लिन चाहने नीजि विद्यालयहरुको संघर्ष समितिले बुधबार राजविराजमा प्रदर्शन गरेको छ ।
जिल्ला शिक्षा कार्यालय सप्तरीले अनुमति नपाएका जिल्लाका १ सय ५२ वटा विद्यालयलाई आइतबार पत्रिका मार्फत पाँच दिने सूचना प्रकाशित गरि बन्द गर्न दिएको अल्टिमेटमको बिरुद्धमा उनीहरु आन्दोलित भएका हुन् ।
स्थानिय शिव मन्दिरको प्राङ्गणबाट नीजी विद्यालयका संस्थापकहरुको एक जुलुस नगरको विभिन्न स्थानमा प्रदर्शन गर्दै ज्ञापन पत्र समेत बुझाएको छ ।
प्रदर्शन पश्चात् सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादव, जिल्ला विकास समितिका स्थानीय विकास अधिकारी एवं शिक्षा समितिका संयोजक कोमल प्रसाद धमला, निमित्त जिल्ला शिक्षा अधिकारी रुद्र राईलाई ज्ञापन पत्र बुझाउँदै आफुहरुको जायज माँग अविलम्ब पुरा गर्नुपर्ने माँग गरेका छन् ।
यसैगरि शिक्षा समितिका संयोजक कोमल प्रसाद धमलाले प्रक्रिया पुगेका विद्यालयहरुलाई अनुमति दिलाउन सक्दो पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
यता संघर्ष समितिका संयोजक नवीन मिश्राले अल्टिमेटम फिर्ता लिन, विद्यालयहरुको अनुगमन गरि पूर्वाधार पुगेका विद्यालयहरुलाई अनुमति दिनु पर्ने माग गर्नुभएको छ साथै शिक्षा क्षेत्रमा प्रहरी प्रशासन लगाएर बलजप्ति बन्द गराउने धम्कि प्रति भत्र्सना गर्दै सो कुरालाई अविलम्ब सच्चयाउन माग गर्नुभयो ।
यस आन्दोलनप्रति हाम्रो निजी तथा आवासीय विद्यालय संगठन नेपाल केन्द्रिय महासचिव संतोष कुमार चमनले एक्यबद्धता जाहेर गर्दै विगत लामो समयदेखि संचालनमा रहेका र कक्षा अनुमति तथा थपका लागि फारम समेत भर्दै आएका नीजि विद्यालयहरुको अनुगमन तथा सुचनाको हकबाट समेत बञ्चित गरी शिक्षा विभागले दिएको निर्देशन समेतलाई बेवास्ता गरेका आरोप लगाउनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
- 2082/11/16 निर्वाचनलाई लक्षित गर्दै एकै समयमा एकसाथ नेपाली सेनाद्वारा सुरक्षा अभ्यास
- 2082/11/16 नेकपाद्वारा चुनाव लक्षित २३ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक
- 2082/11/15 मौन अवधी सुरु हुनु अघि सप्तरी २ मा उम्मेदवारहरु अन्तिम चरणको प्रचारमा
- 2082/11/15 रास्वपाद्वारा करार पत्रमार्फत १२ लाख नयाँ रोजगारी सम्मको वाचा
- 2082/11/15 पूर्व वडाध्यक्षसहित सय भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश
- 2082/11/14 शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यावरण र वातावरण लगायतका विषय समेटेर डा. राउतले सार्वजनिक गरे प्रतिवद्धता पत्र
- 2082/11/13 निर्वाचन सुरक्षा प्रदानसँगै मानवीय सेवामा नेपाली सेना सक्रिय
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ