News Category 2072/02/02
एमाले सप्तरीद्वारा एक हजार क्विन्टल चामल संकलन
दैनिक संवाददाता
राजविराज, १ जेठ ।
नेकपा एमाले सप्तरीले गत वैशाख १२ र २९ गते गएको विनाशकारी महाभूकम्पबाट पीडित बनेकाहरुका लागि एक हजार क्विन्टल चामल संकलन गरेको छ ।
जिल्ला कमिटीको शुक्रवार बसेको बैठकले केन्द्रिय निर्देशनलाई पालना गर्दै नेकपा एमाले सप्तरीले एक हजार क्विन्टल चामल संकलन भुकम्प पीडितको राहतका लागि पठाउने निर्णय गरेको हो ।
जिल्ला कमिटीका प्रत्येकलाई न्युनतम दश किलो, क्षेत्रिय कमिटी र नगर कमिटीलाई सात किलो, गाउ कमिटीलाई पाँच किलो र संगठित सदस्य प्रत्येकलाई तीन किलो चामल आपतकालिन दायित्व तोकिएको थियो ।
बैठकले एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विबभाग प्रमुख जीवराज आश्रृतको २२ औ स्मृती दिवस भूकम्प पीडितसँग मदन आश्रित भन्ने नाराका साथ मानो मुठी संकलन गरी साताब्यापी मनाउने निर्णय गरेको अध्यक्ष गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
उक्त बैठकमा एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डल, पोलिटब्युरो सदस्य एवं सगरमाथा अञ्चल इन्चार्ज रामपृत पासमान तथा केन्द्रिय सदस्य एवं सप्तरी इन्चार्ज सुमन प्याकुरेलले राष्ट्रिय बिपतको समयमा सम्पूर्ण पार्टी पंक्तिलाई परिचालित हुन निर्देशन समेत दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ