News Category 2072/02/05
निर्माण व्यवसायी संघका अध्यक्ष तथा सचिवमाथी हातपात गर्नेलाई कारवाहीको माग
दैनिक संवाददाता
राजविराज, ४ जेठ ।
निर्माण व्यवसायी संघ सप्तरीका अध्यक्ष तथा सचिवमाथि टेण्डरको समयमा हातपात र दुव्र्यवहार गरिएकोप्रति संघले दुःख ब्यक्त गर्दै दोषीमाथि कार्बाहीको माँग गरेको छ ।
पूर्वाञ्चल सिंचाई विकास डिभिजन कार्यालय न. ४ राजविराजको परिसरमा खुटी मङयान सिंचाई योजना विष्णुपुरकट्ी सिरहाको टेण्डर कार्यको दर्ता गर्ने बेलामा सोमबार ३०÷४० जना युवाहरुको एक समुहले संघका अध्यक्ष रामअशिष प्रसाद साह र सचिव दिपक कुमार चौधरीमाथि हातपात र दुव्र्यवहार गरेको संघका महासचिव बिरेन्द्र प्रसाद साहद्वारा जारि विज्ञप्तिमा उल्लेख छ ।
जारि विज्ञप्तिमा टेण्डरमा सप्तरी र सिरहाका निर्माण व्यवसायीहरु सो स्थानमा पुग्दा त्यहाँ पहिलेदेखी नै रहेका उच्छश्रृखल युवाहरुले निर्माण व्यवसायीलाई हातपात र दुव्र्यवहार गरिरहँदा स्थानीय प्रहरीलाई खबर गरे पनि प्रहरी निर्धारित समय भन्दा आधा घण्टा ढिलो पुगेको आरोप लगाइएको छ ।
विज्ञप्तीमा संघका अध्यक्ष तथा सचिवमाथि राजविराज नगरपालिका ९ का शम्भु यादव, राजविराज ३ का छोटु उपनामका यूवा, राजविराज ५ का राकेश यादव लगायत ३०÷४० जना युवाहरुको समुहले हातपात, दुव्र्यवहार, गाली गलौज समेत गरेकोमा त्यसको भत्सर्ना गर्दै ती ब्यक्तिहरुलाई अविलम्ब पक्राउ गरि स्थानीय प्रहरी प्रशासनसँग कार्वाहीको माँग गरिएको छ ।
साथै विज्ञप्तिमा ती उच्छश्रृखंल यूवाहरुमाथि कार्वाही नहुन्जेलसम्म टेण्डर प्रक्रिया अगाडी बढ्न नदिने तथा सो कार्यमा निर्माण व्यवसायी संघ सहभागि समेत नहुने जनाउँदै विज्ञप्तीमा कार्वाही नभएको खण्डमा निर्माण व्यवसायी संघ आन्दोलनमा जाने चेतावनी समेत दिईएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/14 थोरै लगानीमा बढी आम्दानी दिने “सनपात” खेती संकटमा
- 2083/02/14 ...अनि श्रीमतीसँग माफी मागें
- 2083/02/14 महिला टी–ट्वान्टी छनोट क्रिकेट प्रतियोगितामा सिरहा र धनुषा बिजयी
- 2083/02/13 अनिताको हत्या आरोपमा छिमेकी पक्राउ
- 2083/02/13 ‘ज्येष्ठ नागरिक’ शब्द कायम गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन
- 2083/02/13 वर्तमान अवस्थामा पत्रकारिता पेशा अत्यन्त नाजुक ः वक्ताहरु
- 2083/02/13 बाढीबाट हुने क्षति रोक्न सुझाव संकलन
- 2083/02/13 किर्तिमान कायम गर्दैै राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सम्पन्न
- 2083/02/13 मधेश प्रदेशस्तरीय महिला क्रिकेट छनोट प्रतियोगिता
- 2083/02/12 न्यायका लागि अदालतै अगाडी धर्ना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ