News Category 2072/02/05
झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैदको सजाय
दैनिक संवाददाता
राजविराज, ४ जेठ ।
जिल्ला अदालत राजविराजले झुठा विवरण पेश गरी नेपाली नागरिकता लिने भारतिय नागरिकहरुलाई कैद सजायको फैसला सुनाएको छ ।
भारत विहारको सिंहेश्वर जिल्ला मधेपुरा कटोरी गाउँ ६२ घर भएका ३९ वर्षीय जयविरप्रसाद सिंह भनिने जीवनकुमार सिंहलाई जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको इजलाशले शुक्रबार डेढ वर्ष कैद सजायका साथै रु. ५० हजार जरिवानाको फैसला गरेको हो ।
यस्तै सिंहकी पत्नी ३८ वर्षीया सवितादेवी सिंहलाई एक वर्ष कैद, सकरपुरा २ का ६५ वर्षीय चन्द्रदेवप्रसाद सिंहलाई रु. २५ हजार जरिवाना गर्ने सजायको फैसला भएको अधिवक्ता समिम अख्तरले जानकारी दिनुभयो ।
चन्द्रदेवले भारतिय नागरिक रामानन्द सिंहका छोरा जयविरलाई आफ्नो छोरा जीवन बनाई नागरिकतामा सनाखत बसी नागरिकता प्रमाण पत्र लिन लगाएका थिए ।
सबिताका नन्द विभा सिंहले २०६३ सालको गाउँमा खटिएको नागरिकता टोलीमा जयविरले झुठा विवरण देखाई चन्द्रदेवलाई बुवा लेखाई आफ्नो नाम जीवन लेखाई १६३०४१÷२४५ नम्बरको नेपाली नागरिकता प्रमाणपत्र लिएको भन्दै कारवाहीका लागि ०७१ असार ८ गते उजुरी दिएकी थिइनु् ।
नक्कली नागरिकता लिन सफल भएका जयविरले सोही आधारमा श्रीमति सविताको ०६८ सालमा १०४१÷३६६ नम्बरको नागरिकता लिएका थिए । सकरपुरा २ राजपुत टोलमा ०६२ पुसदेखि डेरा लिई बस्दै आएका जयविरले २०६३ मा नै नक्कली नागरिकता प्राप्त गरेका थिए । नागरिकता टोलीमा तत्कालिन सकरपुरा गाविसका सचिव राजुकुमार झाले सिफारिश गरेका थिए । गाविस सचिव झालाई भने अदालतले जानीजानी झुठा सिफारिश नगरेको भन्दै सफाई दिने फैसला गरेको छ ।
विभा सिंहको उजुरीको आधारमा प्रहरीले जयविरलाई ०७१ भदौ २७ गते पक्राउ गरेको थियो । उनलाई अदालतले गत असोज ८ गते प्ुर्पक्षका लागि रु. १० हजार धरौटीमा रिहा गरेकोमा पुनरावेदन अदालतले समेत जिल्ला अदालतको थुनछेक आदेशलाई नै सदर गरेको थियो । धरौटीमा रिहा भएका जयविर, उनकी श्रीमति सविता र चन्द्रदेव हाल फरार रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/09/30 निर्वाचनका लागि देशमा माहौल बनिसकेको छ ः गृहमन्त्री अर्याल
- 2082/09/30 डा. सन्तोष नेपाली जनता पार्टीमा प्रवेश
- 2082/09/30 सुरुङ्गाबाट लागुऔषध सहित दुई पक्राउ
- 2082/09/30 डाक्नेश्वरीका स्वास्थ्यकर्मीहरुले अल्टिमेटमसहित बुझाए ज्ञापनपत्र
- 2082/09/30 मैत्रीपूर्ण महिला क्रिकेटको उपाधि काठमाडौंको पोल्टामा
- 2082/09/25 दैनिक दुई उडान प्रचार मै सीमित
- 2082/09/25 सशस्त्र प्रहरीद्वारा सीमा सुरक्षा र सद्भाव बढाउन झण्डा मार्च
- 2082/09/25 मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का गम्भिर
- 2082/09/24 निर्वाचनलाई लक्षित गर्दै तीन पार्टीद्वारा कार्यदल गठन
- 2082/09/23 क्यान्सर पीडित छोराका लागि यादव दम्पत्तीद्वारा सहयोगको याचना
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ